सान होजे(कोस्टारिका),१६ असोज । प्रधानमन्त्रीभयो ‘शान्ति भनेको युद्धको अभाव होइन सहष्णिुता हो। राजनीतिक, आर्थिक र सामाजिक र साँस्कृतिक रूपको फराकियो आयाम पनि हो।’ राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्नुभएको थियो।
उहाँ असोज १४ गते कोस्टारिकाका राष्ट्रपतिको औपचारिक निमन्त्रणामा त्यहाँ पुग्नुभएको थियो।
यसैबीच प्रधानमन्त्री ओलीको नेतृत्वमा कोष्टारिका भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र कोष्टारिकाको राष्टपतिको नेतृत्वमा त्यहाँको प्रतिनिधि मण्डलकाबीच उच्चस्तरीय द्धिपक्षीय वार्ता सम्पन्न भएको उहाँका प्रमुख सल्लाहकार विष्णु रिमालले बताउनुभएको छ ।
प्रधानन्त्री ओलीले कोस्टारिकामा रहदा बायु ऊर्जा प्लान्ट र पिरिस जलविद्युत आयोजनाबारे पनि जानकारी लिनुभएको थियो ।
कोस्टारिकाको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्किने कार्यक्रम छ।