Prakash Adhikari October 14, 2018

लिगलिगकोट(गोरखा),२८ असोज । पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको उपाधी पर्वतका अनिश थापाले जित्नुभएको छ ।

चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी जित्नुभएको हो ।

थापालाई पुरस्कार स्वरुप नगद ६० हजार रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्रदान गरिएको छ ।
आयोजक लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाका अनुसार
उपाधि विजेता थापालाई आजको रात लिगलिगमा लिगलिगे राजाको रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गराइने छ ।

प्रतियोगितामा वाग्लुङका तीर्थ पुन दोस्रो हुनुभएको छ । उहाँले निर्धारित दूरी ५८ मिनेट ४० सेकेण्डमा पार गर्नुभएको छ । निर्धारित दूरी ५९ मिनेट २१ सेकेण्डमा पार गर्दै नेपाली सेनाका रामजी बस्नेत तेस्रो बन्नुभएको छ ।

Share Now

Leave a comment.