काठमाडौं, २५ भाद्र । मित्र राष्ट्र भारतबाट नेपालको बाढी पीडितका खोजी, उद्धार र राहत सामग्रीको आठौं खेप बिहिवार काठमाडौंमा आएको छ ।
नेपालस्थित भारतीय राजदूतावासले दिएको जानकारी अनुसार आठौं खेपको सहयोगमा सुरुङ उद्धार र फोरेन्सिक आपूर्तिका सामग्रीसहित राहत र उद्धार सामग्रीहरू रहेका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आएको सहयोग सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको थियो ।








