Prakash Adhikari December 6, 2017

 

नयाँदिल्ली(भारत),२० मंसिर । भारतका ५ वटा प्रदेशमा धक्का पुग्ने गरि बुधबार राती ८ः ५० बजे भूकम्प गएको छ । भारतका दिल्ली ,उत्तरखण्ड,उत्तर प्रदेश,पञ्जाब र हिमाञ्चल प्रदेशका अधिकांश भूभागमा भूकम्पको धक्का महशुस गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पको तिव्रता ५.५ रेक्टर स्केलको भएता पनि करिब १०देखि १२ सेकन्डसम्म आएको भातरीय भूगर्भ विभागले जनाएको छ । भूकम्पको केन्द्र विन्दु उत्तराखण्डको ऋषिकेशदेखि ९० किलोमिटरमा पर्ने रुद्रप्रयागको जमिनबाट ३० किलोमिटर तल रहेको बताइएको छ । उत्तरखण्डको बागेश्वर र रुद्रप्रयागमा सबैभन्दा बढी धक्का महशुस गरिएको बताएको छ ।

उत्तरखण्डका रुद्रप्रयाग,हरिद्वार, देहरादून,चमोली,टिहरी, रामनगर र उत्तरप्रदेशका मथुरा,सहारनपुर र मेरठमा भूकम्पको धक्का महशुस गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

त्यस्तैगरि हिमाञ्चल प्रदेशमा भूकम्पको धक्का महशुस भएपछि आफ्नो ज्यान जोगाउन धेरै मानिसहरु घरभन्दा बहिर निस्केका थिए ।

 

Share Now

Leave a comment.