काठमाडौं, २० कार्तिक । अवकाश पाईसकेका सहायक वन अधिकृत बिनोदकुमार सिंहसहित उनका परिवारका सदस्यहरुलाई पनि सार्वजनिक पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्तिक १९ गते काठमाडौ विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले सिंहलाई उनले सार्वजनिक पद धारण गरेको मिति २०४३ फागुन १३ गतेदेखि जाँच अवधिमा १ करोड ६० लाख २१ हजार १८ रूपैया ८३ पैसा आय आर्जन गरेको र आफ्नो तथा परिवारका सदस्यहरूको नाममा चल अचल सम्पत्ति , शेयर, बिमा, बैङ्क मौज्दात, लगायतका शीर्षकहरुमा समेत गरी ३ करोड ५१ लाख ८२ हजार ६ सय ४४ रुपैया५१ पैसा खर्च गरेको देखिएकोले वैध आय १ करोड ५० लाख २१ हजार १८ रूपैया ८३ पैसामाथिको आय र व्ययको सम्पत्तिको स्रोत नखुलेको कारण जनाउदै विनोदकुमार सिंह र उनका श्रीमती गीतादेवी सिंह ,छोराहरु अनुप कुमार सिंह र अचल कुमार सिंहलाई समेत प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।


















