काठमाडौं, २० कार्तिक । किवानिज क्लब अफ काठमाडौं इसुनले काठमाडौंको काँडाघारी अवस्थित सिर्जनशील बालकल्याण संस्थालाई प्राथमिक उपचार सामग्री र खाद्य सामग्री प्रदान गरेको छ ।
क्लवका अध्यक्ष दीपक पौडेलले सो सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।
किवानिज क्लब इसुनले संस्थालाई प्राथमिक उपचार बाकस, १०० केजी चामल, २० लिटर खानेतेल, १० लिटर दाल र ४ पाकेट नुन प्रदान गरेको थियो ।
क्लबले दशैको पूर्वसन्ध्यामा नन्दी रात्री माध्यमिक विद्यालयलाई पनि प्राथमिक उपचार सामग्री र छात्रवृत्ति प्रदान गरेको थियो ।
क्लवले सो विद्यालयको लागि छात्रवृत्ति कोष खडा गरेको छ ।
बालबालिकाको हकहितको मुख्य उद्देश्य राखेर किवानिज क्लब अफ काठमाडौं विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको संस्था हो । यसको इसुन शाखा ल क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको समाज हो ।
किवानिज क्लब विश्वका बालबालिकाहरुलाई सुरक्षित र स्वस्थ वातावरण प्रदान गरि उनीहरुको स्वस्थ रुपमा जिउने, हुर्कने, आवश्यक शिक्षा लगायतका अधिकारहरु उपभोग गर्न पाउने अवस्था सिर्जना गर्नका लागि विगत एक शताब्दी भन्दा पहिलेदेखि कार्यरत रहदै आएको सामाजिक संस्था हो ।
यसले सदस्यहरुको स्वेच्छिक सहयोगबाट कोष सिर्जना गर्ने गरेको छ ।