Prakash Adhikari November 14, 2018

 

मुम्बई(भारत),२७ कार्तिक । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको बिबाह आज र भोलि इटालीको लेक कोमोमा हुँदैछ ।

यसपछि २१ नोभेम्बरमा बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा दुईले विवाहको ग्रान्ड रिसेप्सन दिँदैछन् । मुम्बईमा द ग्रेट हयातमा उनीहरुको विवाहको रिसेप्सन पार्टी हुनेछ । दीपिका-रणवीरले आफ्नो विवाहमा निकै कम व्यक्तिलाई बोलाएका छन् ।

 

Image result for Dipika-Ranavir Marriage invitation card

विवाहको रिसेप्सन पार्टी कभर गर्नका लागि मिडियालाई विशेष निमन्त्रणापत्र पठाइएको छ ।

रिसेप्सन पार्टीमा उपस्थित हुन आउने व्यक्तिलाई गिफ्ट लिएर नआउन भनिएको छ। उनीहरुले गिफ्टको सट्टा उनीहरुको संस्थालाई स्वेच्छिक डोनेट गर्न चाहनेलाई त्यसका लागि दान दिन भने खुला राखेका छन् ।। उनीहरुको फाउन्डेसनलाई दिन सक्ने उल्लेख छ । दीपिका पादुकोण एक फाउन्डेसन चलाउँछिन्, जसको नाम लिभ लभ लाफ हो ।

Image result for Dipika-Ranavir Marriage invitation card

उनीहरुले यस संस्थालाई दान दिने आमन्त्रित अतिथिहरुलाई दानसंगै आफ्नो विस्तृत विवरण उपलब्ध गराउन पनि आग्रह गरेका छन् । जसमा दान गर्ने व्यक्ति वा संस्थाको नाम, फोन नम्बर, इमेल ठेगाना,प्यान नम्बर दिनुपर्नेछ ।

उनीहरुले बिहेको भोजमा सरिक हुने आमन्त्रित अतिथिहरुलाई पठाइएको निमन्त्रणापत्र हस्तान्तरण योग्य नहुने र सो निमन्त्रणा पत्र मोबाईल सेटमा सुरक्षित राख्न पनि आग्रह गरेका छन् ।

Image result for Dipika-Ranavir Marriage invitation card

Share Now

Leave a comment.