डडेल्घुरा, १ मंसिर । डडेलधुरा को भागेश्वरमा एक जीप दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
भागेश्वर गाँउपालिका ३ राडिल बाट डडेल्धुरा सदरमुकामतर्फ गैरहेको म१ज१८० नम्बरको जीप भागेश्वर गापा ४ढिमौला मिल नजिक सडकबाट २०० मिटरजति तल कुर्ङाया भन्ने ठाउँमा खसेको थियो ।
दुर्घटनामा उक्त जीपमा सबार गाडी साहु दिपेन्द्र शाही र भागेश्वर गापा रुपालका भलिबल खेला धर्म मडै को घटनास्थलमा नै मृत्यु भयको छ ।
बाँकी १७ जना यात्रुहरु घाईते भएका छन् । घाइतेहरुको महाकाली उपक्षेत्रीय अस्पताल डँडेल्धुरामा उपचार भईरहेकोछ ।








