Prakash Adhikari December 6, 2018

सानोठिमी(भक्तपुर)२० मंसिर । शिक्षा सेवा आयोगले कार्यरत शिक्षकहरुलाई स्थायी गराउने सन्दर्भमा गत असार महिनामा लिएको लिखित परीक्षाको परिक्षाफल प्रकाशित हुने जिल्लामा तेह्रथुम र बझाड. पनि थपिएका छन् ।

आयोगले आज अपरान्ह ढिलो गरी दुई जिल्लाको नतिजा आफ्नो वेभसाईटमार्फत सार्वजनिक गरेको हो ।

आयोगले परीक्षाको नजितामा चित्त नबुझ्ने परीक्षार्थीले २५० रुपैया दस्तुर तिरी सानोठिमीस्थित आयोगको केन्द्रीय कार्यालयमा २९ मंसिरसम्म पुनर्योगको लागि निवेदन दिन सक्नेछन् ।हेर्नुहोस् नतिजा,कोको पास भए :

http://tsc.gov.np/doc/154409433011.Final_compile_Written_result_Primary_Bajhang0750820.pdf http://tsc.gov.np/doc/154409437612.Final_compile_Written_result_Primary_Therthum0750820.pdf

आयोगले लिखित परीक्षामा उत्तीर्ण भएका शिक्षकहरुको लागि अन्तरवार्ताको केन्द्र र अन्तरवार्ता हुने मिति र स्थान पनि सार्वजनिक गरेको छ । आयोगको वेभसाइटमा जनाइए अनुसार तेह्रथुमका शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाइ, धनकुटामा मिति २०७५/०९/१८ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि हुनेछ भनेवझाङबाट उत्तीर्ण हुने शिक्षकहरुकोलागि शिक्षा विकास तथा समन्वय इकाइ, डोटी मिति २०७५/०९/१७ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि अन्तर्वाता हुनेछ ।

Share Now

Leave a comment.