Prakash Adhikari January 1, 2019

 

काठमाडौँ, १७ पुस(रासस)। नेपाल शिक्षक महासंघले अस्थायी करार शिक्षकको माग सम्बोधन गर्न सकारात्मक रहेको बताएको छ ।

शिक्षा मन्त्रालयमा आज भएको वार्तामा महासंघले विसं २०७२ पछिका अस्थायी करार शिक्षकलाई अन्याय हुन नदिने बताएको हो ।

मन्त्रालयमा भएको वार्तामा महासंघका अध्यक्ष बाबुराम थापा, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायतले विसं २०७२ अघिका अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा समावेश गर्ने र सो अवधिभन्दा पछिकालाई समेत अन्याय हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।

सङ्घीय शिक्षा ऐनमा करार शिक्षकको विषय समेट्नसमेत माग गर्ने महासंघले प्रतिबद्धता व्यक्त गरेको छ । अस्थायी करार शिक्षक सङ्घर्ष समितिका अध्यक्ष हरिवंश पराजुलीले नयाँ बन्ने ऐनमा आफूहरुको माग सम्बोधन गर्नुपर्ने बताए ।

हाल देशभर १२ हजार करार शिक्षक छन् । आन्दोलनरत अस्थायी शिक्षकले आजै शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेललाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

उनीहरुले २०७२ असोज २ गते नियुक्त करार अस्थायी शिक्षकलाई सेवाबाट विस्थापित नगरी रोजगारीको हक सुनिश्चित गर्नुपर्नेलगायत माग राखेको पराजुलीले जानकारी दिए ।

Share Now

Leave a comment.