Prakash Adhikari January 5, 2019

काठमाडौं, २१ पुस । धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल)को लागि बोलकबोल प्रथाद्धारा खेलाडी चयन गर्ने कार्य शनिवार सम्पन्न भएको छ।

राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा भएको बोलकबोलमा नामांकन गराएका २०४ जना खेलाडी मध्ये प्रत्येक टिमले ११ जना खेलाडीहरु टिममा लिएका छन्। हरेक टिमले अधिकतम १२ लाख रुपैयाँमा ११ जना खेलाडी चयन पाउने नियम थियो। १२ लाख बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नु पर्ने व्यवस्था थियो।

बोलकबोलमा नामांकन गराएका खेलाडीहरु मध्ये ७२ जना खेलाडीहरु चयन भएका छन जसमा ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीहरु मध्ये ६ जनालाई ६ वटा टिमले चयन गरेका थिए ।

अक्सनमा सहभागी ६ वटा टिममध्ये बसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले १४ लाख ४५ हजार रुपैयाँ खर्च गर्यो।निर्धारित सीमाभन्दा बढी खर्च गरेकोले उसले जरिवान पनि तिर्नुपरेको छ । यस्तै सोमपाल कामि रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले १२ लाख २० हजार, शरद भेसावकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाईटेडले ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको बिराटनगर किंग्सले ९ लाख ९० हजार तथा दिपेन्द्र ऐरि रणनीतिक खेलाडी रहेको सीवाईसी अत्तरियाले ९ लाख रुपैयाँ खर्च गर्यो।

कसले कतिमा कस्तो टीम बनाए
धनगढी प्रिमियर लिगमा टीम मालिकहरुले राष्टिय खेलाडी मध्येबाट रणनीतिक खेलाडी अर्थात क्याप्टेन चयन गरेका छन् । जसमाधनगढी स्टार्समा सोमपाल कामि , महेन्द्रनगर युनाइटेडमाशरद भेसावकर , बिराटनगर किंग्सका करन केसी , रुपन्देही च्यालेन्जर्सले बसन्त रेग्मी , काठमाडौँ गोल्डेन्सले ज्ञानेन्द्र मल्ल , सीवाईसी अत्तरियाले दिपेन्द्र ऐरीलाई रणनीतिक खेलाडी बनाएका छन् ।

आजको अक्सन पछि टीमको स्वरुप यस्तो बनेको छ ।

 

 

महँगा१० खेलाडीहरु

धनगढी प्रिमियर लिगको बोलकबोलमा २ लाखभन्दा बढी रकममा टीममा आबद्ध हुने १० खेलाडी परेका छन् । रुपन्देही च्यालेञ्जर्सले बिनोद भण्डारी र ललित भण्डारीलाई जनही २ लाख ५० हजार पारिश्रमिकमा बोलकबोलबाट आफ्नो टीममा ल्याएको छ । प्रदिप ऐरिलाई पनि रुपन्देही च्यालेञ्जर्सले २ लाख ४० हजार खर्च गरेर टीममा लिएको छ ।

आरिफ शेखलाई महेन्द्रनगर युनाईटेडले २ लाख ५० हजारको बोली लगाएर आफ्नो टिममा समेट्यो । ललित राजबंशीलाई काठमाडौँ गोल्डेन्सले अधिकतम् रकममा २ लाख ५० हजारमा नै बोली लगाएर टीममा राख्यो भने पवन सर्राफलाई टीममा समेट्न धनगढी स्टार्स २ लाख ५० हजार तिर्न राजी भयो । बोलकबोलमा भिम सार्कीलाई रुपन्देही च्यालेञ्जर्सले २ लाख ५० हजारमा आफ्नो टीममा राख्यो । खेलाडी किन्न अधिकतम १२ लाख रुपैयाँ राखिए पनि २५ प्रतिशत जरिवाना रकम तिर्दै सार्कीलाई रुपन्देहीले टिममा लियो। धेरै टिमले बोलि लगाए पनि गोला प्रथामा उनलाई रुपन्देहीले टिममा भित्र्याएको हो।

सन्दिप जोरालाई सीवाईसी अत्तरियाले २ लाख ३० हजारमा टीममा राखेको छ भने महेन्द्रनगर युनाईटेडले त्यति नै रकम २ लाख ३० हजारमा रोहित पौडेललाई लिएको छ । त्यस्तै भुवन कार्कीलाई सीवाईसी अत्तरियाले २ लाख १० हजारमा आफ्नो टीममा राखेको छ ।

Share Now

Leave a comment.