Prakash Adhikari January 5, 2019

काठमाडौं, २१पुस । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह संसदको सार्वजनिक लेखा समिति र अन्तराष्टिय सम्बन्ध समितिले वाइड बडी खरिदका सम्बन्धमा उपसमिति बनाएर छानवीन गरिरहेको बेला संसदीय समितिहरुको काम र त्यसको निष्कर्षलाई प्रभावित पार्ने दुराशयले सरकारले न्यायिक समिति बनाएको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस २६ नं वडा इकाइ काठमाडौ. महानगरपालिकाले ४३ औं राष्टिय मेलमिलाप दिवसको अवसरमा लैनचौरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले सरकारको न्यायिक समितिको औचित्यमाथि प्रश्न उठाउनुभएको हो ।


उहाँले नेपालको संसदीय इतिहासमा संसदले गरेका कामलाई प्रभावित गर्ने गरि सरकारबाट न्यायिक समिति बनाइएको पहिलो घटना भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सरकार कानून अनुसार चलेको छैन, यसको नियतमा शंका गर्ने ठाँउ बढ्दै गएको छ ।’

उहाँले अदालतबाट सफाई नै नपाईकन तथा ज्यानमुद्दा लगायतका मुद्दा लागेका रेशम चौधरीलाई सत्ता सुरक्षणका लागि सरकारले सपथ ग्रहण गराएको विषयको पनि विरोध गर्नुभयो । उहाँले भन्नुभयो,सरकार कानून उल्लंघन गर्दैछ मुलुकमा सुशासन छैन ।

उहाँले जनताको अधिक सरोकार भएका विकास निर्माणका काम नभएको आरोप लगाउदै सरकार सुन तस्करीका ठूलो माछा समात्ने कुरा गरेर सानालाई उम्काएको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री भिमसेनदास श्रेष्ठले बीपीको मेलमिलाप नीतिको व्याख्या गर्दै नेपाली कांग्रेसबाट मात्र लोकतन्त्रको रक्षा र देशको विकास हुन सक्ने दावी गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य जीवन डंगोलले नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार आफैले खरिद गरेका दुईवटा वाइड बडीमा भएको भ्रष्टाचार निर्मला पन्त लगायत बलात्कारपछि निर्ममतापूर्वक मारिएका नेपाली चेलीहरुको डेड बडीका कारण ढल्ने दावी गर्नुभयो ।

उहाँले पनि सरकारले आफैले लगाएको आरोप अन्तरगत मुद्दा चलाएर अदालतको आदेशबमोजिम कैदभुक्तान गरिरहेको बन्दीलाई शपथग्रहण गराएर कानूनी राजको उपहास गरेको आरोप लगाउनु भयो ।

८२ जना कांग्रेस प्रवेश

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं २६ अन्तरगत विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा ८२ जना सक्रिय कार्यकताहरु प्रवेश गरका थिए । नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सदस्यता वितरण गर्नुभएको थियो भने सांसद भिमसेनदास प्रधानले खादाले स्वागत गर्नुभएको थियो ।

वडा नं २६ का सक्रिय युवा अनिल गुरुड.को नेतृत्वमा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा भक्तबहादुर भुजेल,कृष्ण के.सी. कृष्णमाया श्रेष्ठ,कृष्णलाल श्रेष्ठ,बिनी लामा,दीपा लामा, कीर्ति भुजेल,ऋतु भुजेल, मनिष लामा,मनकुमारी लामा, गोपाल लामा,विद्या प्रधान,देविना मानन्धर,तीर्थलाल श्रेष्ठ, सानु महर्जन, विमला तामाड. कल्पना शाक्य, पृथ्वी शाक्य, माया लामा, रमेश लामा, रमेश श्रेष्ठ, विमला श्रेष्ठ, यममाया थापा मगर,मुना वैद्य,सलिना दाहाल, जुनु श्रेष्ठ, सिताकुमारी भुजेल,सानु श्रेष्ठ, कान्छीमाया थापा मगर,रेवति श्रेष्ठ, राजन श्रेष्ठ, अनुपा बज्राचार्य, राजनसिंह सुवाल, सुमित श्रेष्ठ, पुरुषोत्तम खड्गी, विजय श्रेष्ठ, नितेश श्रेष्ठ, विकास प्रधान, जयलक्ष्मी कार्की, मलिना श्रेष्ठ,इन्द्रमाया लिम्बू, जस्मिन श्रेष्ठ, उर्मिला खत्री लगायत हुनुहुन्थ्यो ।

 

नेपाली कांग्रेस वडा नं २६ का कार्यबाहक सभापति सुवास पौडेलको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानिया लगायत जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य र वडा नं २६ का इकाई समितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

Share Now

Leave a comment.