रवात(मोरक्को), ३ पौष । उत्तर अफ्रिकी देश मोरक्कोको जागोरा सहरमा आयोजना भएको विश्व मार्सल सेल्फ डिफेन्स च्याम्पियनसिपमा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको छ ।
नेपाल मार्सल सेल्फ डिफेन्सका अध्यक्ष डिबि रानापालले मोरक्कोबाट दिनुभएको जानकारी अनुसार ७२ केजी तौल समूहको पुरुषतर्फका दुई छुट्टाछुट्टै खेलमा अर्जून रोक्काले आयोजक मोरक्कोका खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।
यस्तै महिलातर्फको ६५ केजी तौलमा सञ्जु महर्जनले दुई छुट्टा छुट्टै खेलमा दुई रजत पदक प्राप्त गरिन् । उनी दुवै खेलको फाईनलमामा पोर्चुगलसंग पराजित भएकी थिइन ।
यसरी नै पुरुषकै ५८ केजी तौलमा ङवाङ केश्याङ लामाले एक रजत पदक जितेका छन् । उनी फाईनलमा तान्जानियाका खेलाडीसंग पराजित भएका थिए ।
प्रतियोगिता मंसिर २९ देखि पौष २ गते सम्म आयोजना भएको थियो ।