Prakash Adhikari January 15, 2019

 

लन्डन(संयुक्त अधिराज्य ),१ माघ । मगर संघ युकेको यूएचएसबी शाखाले माघे संक्रान्ति तथा पितृ पूजा धुमधामका साथ मनाएको छ ।

बेलायतको फान्ब्रोस्थित अकफम स्कुलमा १२ जनवरी शनिबारका दिन मगरहरूको सांस्कृतिक चाड माघे संक्रान्ति धुमधामसँग मनाएका हुन ।

प्रवासमा रहेका नेपालीहरू माझ नेपाली संस्कृतिलाई जगेर्ना गर्दै दोश्रो पुस्ताका नेपालीहरूलाई समेत हाम्रा चाडपर्वका महत्वका बारे जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको माघे संक्रान्तिमा बेलायतबासी नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बेलायतमा मगरहरूको बाक्लो बस्ती भएको अल्डरसट ,केयाम्ब्रली , फान्ब्रो अन्य भागबाट एकत्रित भएर २००८ देखि बर्षेनी माघी धुमधामले मनाउने परम्परा थालिएको छ।

सचिव वीर बलालले सुरु गरेको औपचारिक कार्यक्रमको अध्यक्षता शाखाका अध्यक्ष लेख रानाले गर्नुभएको थियो ।

पहिलो चरणमा पौराणिक पितृ पूजा संयोजक ओम थापा काउचा सन्चालन गर्नु भएको थियो भने कर्ता पुजारी हरूमा बृिर्दबुवा बाट श्रीओम बहादुर थापा र श्री होम बहादुर श्रीस र मध्य उमेर बाट श्री गणेश थापा हुनुहुन्थ्यो । विधिको पूजा सकिएपछि सामूहिक पूजा गरिएको थियो । सामूहिक पितृपूजाबाट उठेको रकम सामुदायिक भवन निर्माणमा उपयोग गरिने भएको छ ।

कार्यक्रममा उपाअध्यक्ष श्रीमती हेमा राना र केन्द्रीय मगर लेडीज़ संग युके का अध्यक्ष श्रीमती छबीमाया पुन र शाखाका महिला समितिका अध्यक्ष श्रीमती पदमा थापाले सहभागीहरुलाई प्रसाद वितरण गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अथिती मगर संघ युके का उपाध्यक्ष श्रीमती अनिता राना मगरले गर्नुभएको थियो । लेख रानाको सभापतित्वमा भएको सो कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार संघ बेलायत शाखा का अध्यक्ष पत्रकार नरेश खपाड्गी(मग) अतिथिहरू मगर संघ युकेका निवर्तमान अध्यक्ष दुत पुन मगर , पूर्व अध्यक्ष अवकाशप्राप्त मेजर कुल थापा(मगर) ,मगर महिला संघ युके का अध्यक्ष साथै बाग्लुड समाज युके का श्रीमती छविमाया पुन (मगर) , मगर संघ युके सुईन्ण्डन शाखा का उपाअध्यक्ष कुमार राना(मगर) , मगर संघ युकेका सल्लाहकारहरू अवकाशप्राप्त लेप्टिनेन्ट कर्णेल याम राना (मगर), मेजर देबेन्द्र आले (मगर), अवकाशप्राप्त क्याप्टेन हहि थापा (मगर) र बिर थापा गाहा (मगर),शाखाका सस्थापक अध्यक्ष तथा केन्द्रका सल्लाहकार अवकाशप्राप्त लेफ्टिनेन्ट सुनिल राना, विवेकवान अध्यक्ष अवकाश प्राप्त क्याप्टेन टाम ढेगा (मगर) सल्लाहकार ओम थापा )काउचा मगर) मगर महिला संघका संस्थापक गोमा राना, सल्लाहकार बेल बुढाथोकी,श्रीमती नरमति पुन काउचा लगायत उपस्थित हुनुहुन्थ्यो।


सहभागीहरुलाई अल्टरसट प्यालेस रेष्टुरेण्ट एण्ड बारको प्रोपाइटरहरूको तर्फबाट स्वादिष्ट खानपानको बन्दोबस्त पनि गरिएको थियो ।

कार्यक्रममा कौरा ,सोरठी र लोक दोहोरी जस्ता सांस्कृतिक मनोञ्जनात्त्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रमका सहभागीहरु मगर संस्कृति झल्कने विभिन्न भेषभूषामा सजिएका थिए ।

Share Now

Leave a comment.