Prakash Adhikari December 23, 2017

काठमाडौं, पुस ७ । निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिक तर्फको सीटको बाँडफाँड गरेको छ ।

विभाजित सिटमा नेकपा एमाले सबैभन्दा ठूलो दलको हैसियत कायमै राखेको छ भने दोस्रो स्थान नेपाली कांग्रेसले बनाएको छ । प्रदेश सभाको समानुपातिकतर्फ एमालेले ७५ सिट पाएको छ भने नेपाली कांग्रेस ७२ सीट सुरक्षित गरेको छ । माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्टी १२ ले सिट पाएका छन् ।

यसैगरी राप्रपा र विवेकशील साझा पार्टी ३–३, जनमोर्चाले २ र नयाँ शक्तिले १ सिट पाएका निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभामा समानुपातिकतर्फ २ सय २० सिट रहेको छ ।

Share Now

Leave a comment.