Prakash Adhikari February 21, 2019

 

काठमाडौं, ९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू सोमपाल कामी,दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशी ‘टु एक्स क्रिकेट’ प्रतियोगिता खेल्न अमेरिकाबाट निम्ता आएको छ ।

सबै खेलाडीहरुलाई सोमपालले नेतृत्व गर्ने नेपाली राइनोज टोलीबाट खेल्न आमन्त्रण आएको हो। अहिलेसम्म सोमपालको अमेरिका जाने टुंगो भइसकेको छ भने धनगढी प्रिमियर लिगमा व्यस्त भएकाले बाँकी तीन जनाको भिसाको अन्तर्वार्ता हुन सकेको छैन।

नेपाली राइनोज अमेरिकाको टेक्सासमा बस्ने पूर्वक्रिकेटर र समर्थकले स्थापना गरेको टोली हो। आगामी मार्च २० देखि २४ सम्म हुने प्रतियोगिताको विजेता टोलीले ५० लाख रूपैयाँ (५० हजार डलर)पुरस्कार पाउने छ।

प्रतियोगिताको अघिल्लो संस्करणमा कप्तान पारस खड्का,ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सुवास खकुरेल, पृथु बाँस्कोटा, सोमपाल कामी र बसन्त रेग्मी सम्मलित राइनोज टोलीले उपाधि नै जितेको थियो।

प्रतियोगितामा विभिन्न देशबाट १६ टोलीको सहभागिता रहने बताइएको छ।

Share Now

Leave a comment.