काठमाडौं,९ फागुन। सरकारले समाज कल्याण परिषदका पदाधिकारीलाई पदमुक्त गरेको छ । यसको जानकारी सञ्चारमन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार भेटघाट कार्यक्रम अन्तरगत बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिनुभएको हो ।
केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले बदनियत र कानून विपरीत काम गरेको भन्दै उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरेको हो ।
सरकारले समाजकल्याण परिषदमा भएको आर्थिक र प्रशासनिकलगायतका अनियमितताबारे थप अनुसन्धान गरी कानूनी कारबाही गर्न त्यससम्बन्धी प्रतिवेदनको प्रलिलिपी अख्तियारमा पठाउने निर्णय पनि गरेको छ ।