Prakash Adhikari February 21, 2019

पोखरा(कास्की),९ फागुन । सुन्दर पर्यटकीय नगरी पोखरामा आजदेखि आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको उद्घाटन भएको छ ।

उद्घाटनको अवसरमा अन्तराष्टिय खेलाडी किरण चेम्जोड.लाई बर्षका फूटबल खेलाडीको सम्मान दिइएको छ । उहाँलाई खादा,माला र प्रमाणपत्र सहित रु ३५ हजारको नगद पुरस्कारले सम्मानित गरिएको हो ।

क्लबले गत बर्षदेखि एक जना राष्टिय खेलाडीलाई सम्मानित गर्ने परम्पराको थालनी गरेको हो ।

गतबर्ष क्लवले खेलाडी भरत खवासलाई सम्मानित गरेको थियो ।

पोखरा रंगशालामा सुरु हुने १७ औं संस्करणको आहा रारा गोल्ड कपको उद्घाटन खेल शसस्त्र प्रहरी वलको एपीएफ टीम र आयोेजक सहारा क्लबिच हुनेछ ।

प्रतियोगितामा यस पाली दुई विदेशी सहित १० टिमहरुले सहभागिता जनाउने छन् ।

 

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको पूर्व सन्ध्यामा बुधबार पोखरामा मोटरसाईकल र्याली निकालिएको थियो ।

पोखरा रंगशालाबाट सुरु भएको र्यालीी पृथ्वीचोक, मुस्ताङचोक, पार्दीविरौटा, राष्ट्रबैंकचोक, लेकसाईड, जिरोकिलोमिटर, सिद्धार्थचोक, विन्ध्यवासिनी मन्दिर, बगर, नदीपुर, पालिखेचोक, महेन्द्रपुल, रानीपौवा, भद्रकाली, रामबजार हुदै रंगशालामा पुगेर समापन भएको थियो ।

 

यस अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले रेलीको उद्घाटन गर्दै पोखरामा हुने फुटवल प्रतियोगितालाई सबैले मिलेर सहयोग गर्नुपर्ने बताए ।

सहारा क्लवले प्रतियोगिताको पूर्व सन्ध्यामा प्रचाराका लागि मोटरसाईकल र्याली प्रर्दशन गरिएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो ।

Share Now

Leave a comment.