कीर्तिपुर(काठमाडौं),१० पौष । भैरहवा ग्लाडीएटर्सले पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै क्वालिफायर्समा स्थान सुरक्षित बनाएको छ ।
आजको खेलपछि भैरहवाले महत्त्वपूर्ण २ अंक बटुल्दै ४ खालमा ६ अंकका साथ दोश्रो स्थानमा उक्लेको छ भने पोखराको पनि समान ४ खेलबाट ४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।भैरहवाले लिग चरणमा अझै एक खेल खेल्न बाँकी छ ।
पोखराले पहिले ब्याटिंग गर्दै १०९ रनको लक्ष्य दिएपछि ब्याटिंग गर्न उत्रिएको भैरहवाले उक्त लक्ष्य १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा पुरा गरेको थियो ।
लक्ष्य पछ्याउनेक्रममा खराब सुरुवात गरेको भैरहवाले टिमको स्कोर मात्र ७ रन हुँदा दोश्रो ओभरको पाचौं बलमा प्रदीप ऐरीलाई व्यक्तिगत २ रनको स्कोरमा गुमाएको थियो । त्यसपछि अर्का ओपनर प्रथम सालुंखेले आक्रामक क्रिकेट खेल्ने क्रममा बिक्रम सोबलाई एकै ओभरमा लगातार ५ चौका प्रहार गरेका थिए । उनि टिमको स्कोर ३२ रन रहेको बेला १२ बलमा ६ चौका सहित २४ रन बनाउदै चौथो ओभरको अन्तिम बलमा आउट भए । हरिशंकर शाह पनि ३७ रनको योगफलमा ३ रनमा पेभेलियन फर्किए ।
त्यसपछि ब्याटिंग गर्न आएका आरिफ शेखले कप्तान शरद भेसावकरसँग मिलेर ७६ बलमा अविजित ७३ रनको साझेदारी गर्दै टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । आरिफ शेखले ताज अलिले गरेको लेग स्टाम्पको बललाई अगाडी बढेर बलरको माथिबाट छक्का प्रहार गर्दै आफ्नै ईस्टाईलमा खेल जिताए । आरिफले ४८ रन बनाउने क्रममा ४७ बलमा ३ छक्का र समान चौका प्रहार गरे भने कप्तान शरद भेसावकरले ३७ बलमा ३ चौका सहित ३२ रनको पारि खेले ।
बलिंगतर्फ सुरुवाती ओभरमा विकेट लिनेक्रममा ताज अलिले २ विकेट हात पार्नेक्रममा ३।४ ओभरमा २५ रन खर्चे भने शक्ति गौचनले १ विकेट लिदै ४ ओभरमा १९ रन खर्चे । बिक्रम सोबलाई प्रथम सालुंखेले एक ओभरमा ५ चौका प्रहार गरेपछि २ ओभरमा २५ रन खर्चिदै महंगा साबित भए ।
यसअघि टस जितेर पहिले ब्याटिंग गरेको पोखराले राम्रो सुरुवातका बाबजुत मध्यक्रम चल्न नसक्दा १०८ रन बनाउदा १८।३ ओभरमा सबै विकेट गुमाएपछी भैरहवाले जितको लागि १०९ रनको लक्ष्य पाएको थियो ।
ओपनर सुनिल धमलाले प्रथम सालुंखेको बलमा पहिलो विकेटको रुपमा आउट हुनुअघि १६ बलमा २ चौका सहित १५ रन बनाएका थिए जतिबेला टिमको स्कोर २३ रन रहेको थियो । त्यसपछि इस्रार उल्लाहले दोश्रो विकेटको लागि असिफ अलि भुवन कार्कीको बलमा आउट हुनु अघि २४ रनको साझेदारी गरे । अलि १० रनमा पेभेलियन फर्किए ।
त्यसपछि अर्को छेउबाट लगातार विकेट झरेपछि टिमले राम्रो सुरुवातलाई ठुलो स्कोरमा बदल्ने मौका गुमाउन पुग्यो । इस्रार उल्लाहले अर्को छेउको प्रेसरले ४० बलमा ६ चौका सहित ४१ रन प्रहार गर्दै ठुलो सट खेल्ने चक्करमा बाउन्ड्रीमा क्याच आउट भए । नुरधोज सेनले ७, सौरभ खनालले १ छक्का सहित ९, ताज अलिले ४, शक्ति गौचनले अविजित ३, बिक्रम सोभले २ रन बनाउदा बिनोद भण्डारी गोल्डेन डक र राजेश पुलामी डक आउट भए । पोखराले अतिरिक्त १७ रन पाएको थियो ।
बलिंगतर्फ भैरहवाका दिपेश श्रेष्ठले १४ रन खर्चेर २, शरद भेसावाकरले १८ रन खर्चेर २ तथा कृष्ण कार्कीले २३ रन खर्चेर २ विकेट हातपार्दा प्रथम सालुंखे, हरिशंकर शाह र आरिफ शेखले समान १ विकेट हात पारेका छन् ।
खेल जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सुरुवातमा सम्हाल्लिएर ब्याटिंग गर्दै अन्तिमका ओभरमा आक्रामक क्रिकेट खेलेका आरिफ शेख म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको लिग चरण अन्तर्गत मंगलबार हुने अन्तिम दुई खेलमा भैरहवाले चितवन टाइगर्स र पोखराले ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ । यी खेलले ईपीएलको क्वालिफायर्समा पुग्ने अन्य दुई खेलको टुंगो लाग्नेछ ।