Prakash Adhikari February 27, 2019

 

इस्लामाबाद(पाकिस्तान),१५ फागुन । पाकिस्तानको सेनाले अप्रत्याशित कारबाहीका निम्ति तयार रहन भारतलाई चेतावनी दिएको छ।

भारतले आफ्नो भूभागमा हवाई कारबाही गरेको बदलास्वरूप आफूले रोजेको समय र स्थानमा प्रतिक्रिया जनाउने चेतावनी पाकिस्तानले दिएको छ।

के गर्ला पाकिस्तानले?

सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले चकित पर्न तयार रहन भारतलाई सावधान गराए।

भारतले उसका लडाकु विमानले जैश-ए-मोहम्मद सङ्गठनको आत्मघाती हमलाकारीहरूको प्रशिक्षण शिविर ध्वस्त पारिदिएको बताएको छ।

पाकिस्तानले चाहिँ भारतीय विमानहरूलाई आफ्ना विमानले फर्कन बाध्य पारिदिएको र कुनै हताहती नभएको बताएको छ।

पाकिस्तानी सेना
बालाकोटमा घटनास्थल निरीक्षण गर्दै पाकिस्तानी सेना तथा सञ्चारकर्मी

युरोपेली युनियन र चीनले दुवै देशलाई संयम अपनाउन आग्रह गरेका छन्।

पाकिस्तानको चेतावनीपछि त्यहाँको अवस्थाबारे मुम्बइस्थित बीबीसी सम्वाददाता योगिता लिमये भन्छिन्, “एउटा त्रासको वातावरण छ। खासगरि भारत प्रशासित कश्मीर तथा सीमामा रहेका भूभागमा अब के होला भन्ने त्रास र पाकिस्तानले अब के गर्ला? भन्ने चिन्ता व्याप्त छ।”

तनाव खतरनाक स्तरमा

इस्लामावादस्थित बीबीसीका सम्वाददाता एम इल्यास खानको विश्लेषण अनुसार पाकिस्तानी भूभागभित्र भारतीय हवाई सेनाले गरेको कारबाहीले तनावलाई खतरनाक स्तरमा उकासिदिएको छ।

सन् २०१६ को सेप्टेम्बरमा उरीस्थित भारतीय सेनाको अखडामा भएको हमलापश्चात् ‘सर्जिकल स्ट्राइक’ मार्फत प्रतिक्रिया जनाउने भारतको चेतावनीले पनि त्यस्तै अवस्था निम्त्याएको थियो।

भारतले त्यतिखेर विशेष फौजलाई विद्रोहीका शिविरमा हवाईमार्गबाट ओरालेर कारबाही गरेको भन्ने दाबीलाई केही बढाइचढाइ प्रस्तुत गरिएको पाइयो।

Image result for surgical strike 2016

तर त्यतिखेर भारतीय फौजले नियन्त्रण रेखाभित्र केही ठाउँमा प्रवेश गरि केही हताहती गराएका थिए।

यतिखेर चाहिँ उनीहरूले पाकिस्तानको अन्तर्राष्ट्रिय सीमा नै पार गरेर कैयौँ वर्षदेखि त्यहाँ रहेका भनिएका कश्मीरी विद्रोहीको शिविरमा हमला गरेका छन्।

पाकिस्तानी सेनाले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ र स्थानीय प्रहरीलाई पनि त्यहाँ जान दिइएको छैन। विस्तृत विवरण केही समयपश्चात मात्र आउला।

साथै, पाकिस्तानी अधिकारीहरूले सो कारबाही नियन्त्रण रेखा पारि मात्रै भएको भन्दै स्थितिलाई सामान्यीकरण गर्न खोज्दैछन्।

पाकिस्तानले प्रतिक्रिया जनाउने बाचा त गरेको छ तर त्यो कूटनीतिक उपायमै सीमित हुन सक्छ।

तर केही विश्लेषकहरूले भनेजस्तै कश्मीरमा भारतीय फौजविरुद्ध विद्रोहीहरूले जवाफी हमला गर्न सक्छन्।

Share Now

Leave a comment.