Prakash Adhikari March 6, 2019

काठमाडौं, २२ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले के.पी. ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज अध्यक्षमण्डलको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

कैलाली जिल्ला अदालतले सो पार्टीका नेता एवम् कैलाली जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीलाई सहित टिकापुरमा भएको सुरक्षाकर्मी संहारको घटनामा ११ जनालाई जन्मकैदको फैसला गरेपछि सोको समीक्षा गर्न पार्टीको अध्यक्ष मण्डलको बैठक बसेको थियो ।

अध्यक्ष मण्डलको बैठकबाटै राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो ।

राजपाले नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष के.पी.शर्मा ओलीको नेतृत्वमा बनेको बर्तमान सरकारले १ बर्षको कार्यकालमा संविधान संशोधन नगरेको, मधेश र थरुहट आन्दोलनका अगुवाहरुको झुट्टा मुद्दा फिर्ता नलिएको, शान्ति सुरक्षा कायम गर्न नसकेको, महंगी र भ्रष्टाचार बढाएको, निर्मला पन्त लगायत बलात्कारका दोषीहरु पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन नसकेको, सन्तुलित परराष्ट नीति अबलम्बन गर्न नसकेको, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाएको, प्रदेशलाई अधिकार दिन नचाहेको, राज्यको हरेक अंगमा दलीय पक्षपोषण गरेको जस्ता गम्भीर आरोप लगाउदै सरकारको एक बर्षे कार्यकाल असफल भएको निश्कर्ष पनि निकालेको छ ।

 

Share Now

Leave a comment.