Prakash Adhikari March 6, 2019

काठमाडौं, २२ फागुन । नियमित स्वास्थ्य परिक्षण र केही आरामको लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री के पी शर्मा ओली बुधबार बेलुका नै डिस्चार्ज हुनुभएको छ ।

स्वास्थ्य परीक्षण रिपोर्टमा खराबी नदेखिएकाले उहाँलाई साँझ डिस्चार्ज गरिएको उपचारमा संलग्न प्रा.डा. अरुण सायमीले जानकारी दिनुभयो।

यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको तर विशेष रेखेदेख र अस्पतालमा भेट्न आउनेको घुइँचो लाग्न नदिन उहाँलाई सीसीयुमा राखिएको थियो।

प्रा.डा. सायमीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीको किड्नी, मुटुलगायतको परीक्षण गरिएको र त्यसको रिपोर्ट आएपछि अवस्था हेरेर प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने कि अस्पतालमा राख्ने निक्र्यौल गरिने बताउनुभएको थियो।

पछिल्ला दिनमा प्रधानमन्त्रीको राजधानी र राजधानीबाहिर जिल्लाहरुका कार्यक्रममा जाँदा धपेडी भएको र ताप्लेजुड.मा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्रिपरिषद्का सहकर्मी रविन्द्र अधिकारी सहित आफ्ना अनन्य मित्र पर्यटन व्यवसायीलाई गुमाउन परेकोले उहाँमा मानसिक चिन्ता पनि थपिएको अनुमान चिकित्सकहरुले गरेका थिए । यसका अलवा पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहनको निधनको पीडा पनि उहाँमा थपिएको थियो ।

गत कात्तिकमा पनि स्वास्थ्यमा खराबी देखिएपछि प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरि पाँच दिनको उपचारपछि डिस्चार्ज गरिएको थियो।

Share Now

Leave a comment.