Prakash Adhikari March 16, 2019

 

बिराटनगर(मोरड.), २ चैत्र । नेपालमा भैरहेको साफ महिला च्याम्पियनसिप फुटबलको समूह ए को अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दै छन् । बिराटनगर स्थित शहिद रंगशालामा अपरान्ह ३ बजे आरम्भ हुने यी दुई टोलीबीचको भिडन्तले नै समूह ए को विजेता र उपविजेताको टुँगो लाग्नेछ ।

नेपालका प्रशिक्षक हरि खड्काले बंगाली टोलीविरुद्ध नेपालले पूरा शक्ति लगाएर खेल्ने बताएका छन् । उनले नेपाल समूह विजेता बन्न् तयारीका साथ मैदानमा उत्रिने पनि स्पष्ट पारेका छन् ।

प्रशिक्षक खड्काले बंगलादेश राम्रो टोली भएको बताउँदै उनीहरुविरुद्ध खेल्न नेपालले यसपटक फरक रणनीति अबलम्बन गर्ने बताए ।

समूह चरणतर्फ नेपाल र बंगलादेशले आ–आफ्नो पहिलो खेलमा भुटानलाई हराएका थिए। नेपालले भुटान विरुद्ध ३–० को जित निकालेको थियो भने बंगलादेशले २–० को जित हात पारेको थियो ।

Share Now

Leave a comment.