Prakash Adhikari March 16, 2019

ललितपुर, २ चैत्र। नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पाटी माओवादीका पोलिटव्यूरो सदस्य मोहन कार्की जीवन्तलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरको च्यासलस्थित डेराबाट उनलाई शुक्रवार साँझ प्रहरीले नियन्त्रणमा लिइएको हो।

अर्ध भूमिगत रूपमा रहेका उनी शुक्रबार आफ्ना छोरारछोरीको डेरामा सात बजे पुगेका थिए।

‘बुवा आउनसाथ सादा पोशाकमा रहेका प्रहरीले ढोका खोल्न आग्रह गरे। उनीहरूले सोधपुछ गर्नुछ भन्दै लगे,’उनको पारिवारिक स्रोतले भन्यो, ‘बुवा औषधि लिन आउनुभएको थियो । तर उनीहरूले पक्राउ पूर्जी नदिएकनै उहाँलाई लगे ।’

तीन जना हतियारसहित र दुई जना सादा पोशाकका प्रहरी आएको पारिवारिक स्रोतले बतायो ।

प्रहरीले लैजाने बेलामा मोहनले ‘म गृहमन्त्री रामबहादुर थापासँग कुरा गर्न चाहन्छु’ भनेका थिए। कार्कीलाई किड्नीको समस्या रहेको उनको परिवारले बताएको छ।

सरकारले विप्लव नेतृत्वको माओवादी पार्टीलाई प्रतिवन्ध लगाएसँगै देशभर सो पार्टीका नेता र कार्यकर्ताको गतिविधिमा निगरानी बढाएको छ ।

अछाममाा अदालतको आदेशमा रिहा भएकी नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष वन्धु चन्दलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ।

चन्दलाई जिल्ला अदालत अछामको आदेश लगत्तै अदालत परिसरबाटै नियन्त्रणमा लिइएको बताइएको छ।

Share Now

Leave a comment.