Prakash Adhikari March 17, 2019

लहान(सिरहा), ३ चैत्र । नेपाल सरकारसँग ११ बुँदे सहमति गरेर मधेश झरेको स्वतन्त्र मधेश गठबन्धनले आयोजना गरेको राष्ट्रिय परिषदको बैठकमा सरकारसंग भएको जनमत संग्रहको सहमतिको वास्तविकता र सहमतिमा परेको जनअभिमत शब्दको परिभाषा तथा आशयको बारेमा सहभागीहरुले स्पष्ट हुन माग गरेका छन् ।

परिषद्को बैठकमा मधेशको २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक बैठकमा सहभागी भएको गठबन्धनका नेताहरुले बताएका छन् । बैठकमा सहभागी हुन आएका गठबन्धनका नेताहरुलाई परिचयपत्रको रुपमा नागरिकता देखाएपछि मोबाइल बैठकस्थलमा बाहिर राखेर वैठक कक्षमा प्रवेश दिइएको थियो ।

Image may contain: 9 people, indoor

सरकारसँग ११ बुँदे सहमतिपछि पहिलो पटक बसेको परिषदको बैठकले गठबन्धनको आगामी राणनीति तय गर्ने बताइएको छ ।

सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु बैठकको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो ।

राष्ट्रिय गानपछि संयोजक डा. राउतले दीप प्रजल्वन गर्दै स्वं राममनोहर यादवको तस्विरमा माल्यार्पण गरेका थिए ।
वैठकस्थलको मूल गेटदेखि नै गठबन्धनले आफ्नै स्वयंसेवी दस्तामार्फत आन्तरिक सुरक्षाको बन्दोबस्त मिलाएको छ । प्रहरीले भने मारवाडी सेवा सदनको बाहिरी परिसरमा सुरक्षा दिइरहेको छ । बैठकस्थलमा प्रहरीलाई प्रवेश दिइएको छैन ।

बैठक भोलिसम्म चल्ने बताइएको छ ।

Share Now

Leave a comment.