Prakash Adhikari March 23, 2019

काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेसका वरिष्ठ नेता,पूर्व महामन्त्री तथा शान्ति प्रक्रियाका कुशल व्यवस्थापक कृष्णप्रसाद सिटौला शरीरमा हेमोग्लोविनको मात्रा कम देखिएपछि मण्डिखाटारस्थित हाम्स अस्पतालमा भर्ना हुनुभएको छ ।

उहाँलाई अस्पतालको इन्सेन्टिभ केअर युनिट(आईसीयु)मा भर्ना गरेर उपचार गरिएको छ ।

उहाँ अस्पतालमा भर्ना भएको खबर सार्वजनिक हुने वित्तिकै सामाजिक सञ्जालमा उहाँलाई असंख्य शुभचिन्तकहरुले शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

नेता सिटौला लामो समयदेखि मधुमेहबाट पीडित हुनुहुन्छ ।

Share Now

Leave a comment.