Prakash Adhikari December 29, 2017

काठमाडौं, १४ पौष । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुक्रबार बिहान बालुवाटारमा बस्ने भएको छ ।

प्रदेश सभामा मनोनयन गरिने समानुपातिक तर्फका उम्मेद्वारहरुको अन्तिम नाम टुंगो लगाउन नेपाली कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।

नेपाली कांग्रेसले प्रदेश सभामा समानुपातिक तर्फ ७२ जना सांसद मनोनयन गर्न पाउछ ।

पार्टीले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक तर्फको सूचीबाटै ती नामहरु चयन गर्नेछ ।

निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचित गरिने सदस्यहरुको सूची प्रदान गर्ने अन्तिम मिति आजैलाई किटान गरेको छ ।

नेकपा एमाले लगायतका दलहरुले यस्तो सूची आयोगलाई दिइसकेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिणाम आएपछि नेपाली कांग्रेसको कार्य सम्पादन समितिको यो नै पहिलो बैठक हो ।

निर्वाचन पछि केन्द्रीय कार्य समितिको बैठक आजसम्म बसेको छैन् ।

सरकारले पठाएको अध्यादेशका सम्बन्धमा पार्टीको अडान, प्रदेशको अस्थायी राजधानी घोषणा, प्रदेश प्रमुखहरुको नियुक्ति, राष्ट्र्यि सभा निर्वाचन, संघीय संसदको प्रथम अधिवेशनको आह्वान, प्रदेश सभाको बैठक आह्वान, प्रधानमन्त्रीको राजिनामा, पार्टीको संसदीय दलको विधानको संशोधन र प्रदेश सभा विधानको निर्माण, निर्वाचनको समीक्षा लगायत थुप्रै विषयमा छलफल गर्नुपर्ने भएकोले कार्य सम्पादन समितिको बैठकले केही दिन निरन्तरता पाउने संभावना पनि बताइन्छ ।

Share Now

Leave a comment.