काठमाडौं, १० चैत्र । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादव आयुक्त इला शर्माको पदावधि आइतबारदेखि समाप्त हुँदैछ ।
प्रमुख आयुक्त यादव र आयुक्त शर्मालाई आइतबार आयोगमा विशेष विदाई कार्यक्रम गरिने भएको छ ।
२०६३ सालमा आयुक्तको रूपमा आयोग प्रवेश गरेका यादव २०६९ सालमा दोस्रो कार्यकालका लागि प्रमुख आयुक्त बन्नुभएको थियो । तत्कालीन नेकपा माओवादीको सिफारिसमा आयुक्त बन्नुभएका यादव माओवादीकै समर्थनमा प्रमुख आयुक्त हुनुभएको हो।
निर्वाचन आयोगको प्रमुख आयुक्तको पदावधि ६ वर्षको हुने व्यवस्था छ।