Prakash Adhikari April 1, 2019

काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र संघीय संसदमा कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आईतबार प्रदेश नं २ को बारा र पर्सामा आएको भीषण आँधीबाट पीडित नागरिकहरुको उद्दार र राहत तथा पुनस्थापना कार्यमा जुट्न नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संगठनहरु र कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाद्धारा सोमबारी जारी वक्तव्यमा भनिएको छ, ‘आइतबार साँझ आएकोे भीषण हावाहुरी र पानीका कारण बारा र पर्सा जिल्लामा तीन दर्जन भन्दा बढी व्यक्तिको ज्यान गएको र धेरै व्यक्तिहरु घाइते भएको घटनाले मलाई स्तब्ध र दुःखीत बनाएको छ । यस विपदमा परी दिवंगत हुनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु । ‘

उहाँले घाइतेहरुको तत्काल उद्धार र उपचारको प्रबन्ध गर्न तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह पनि गर्नुभएको छ ।

उहाँले राहत र उद्धारको कार्यमा जुट्न तथा पीडित परिवारको पुनस्थापनामा सहयोग पु¥याउन सम्बन्धित निकाय, पार्टीका साथीहरु सहित सबैमा अपिल पनि गर्नुभएको छ ।

यसै गरि नेपाली कांग्रेसको संघीय संसदका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति प्रकाशित गर्दै असिना पानीसंग तराईका बारा,पर्सा लगायतका जिल्लाका विभिन्न स्थानमा आएको आँधीहुरीका कारण जनधनको क्षति हुन गएकोमा संसदीय दलका तर्फबाट दुःख प्रकट गर्नुभएको छ ।

उहाँले नेपाली कांग्रेसका भातृ एवम् शुभेच्छुक संस्थाहरुलाई उद्दार,राहत र पुनस्थापना कार्यमा सक्रियतापूर्वक खट्न पनि अपिल गर्नुभएको छ ।

यो घट्नामा परेर जीवन गुमाएकाहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उहाँले आफन्त गुमाएका परिवारजनप्रति समवेदना पनि प्रकट गर्नुभएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले आँधी पीडितहरुको उद्दार,उपचार,राहत र पुनस्थापना तदारुकतासाथ गर्न सरकारसंग माग गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

Share Now

Leave a comment.