सातदोबाटो(ललितपुर) । प्रतिष्ठित एएफसी कपको समूह चरणतर्फ आफ्नो पहिलो खेलमा आज नेपालको लिग च्याम्पियन मनाङ मस्र्याड.दी क्लबले बंगलादेशको लिग च्याम्पियन ढाका अवाहानीसंग प्रतिस्पर्धा गर्दैछ ।
खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिनको ३ बजेदेखि शुरु हुनेछ ।
पहिलोपटक एएफसी कपमा सहभागिता जनाउँदै मनाङले नेपाली फुटबलमा इतिहास रचेको छ ।
यसअघि नेपाली क्लबले यस प्रतियोगिताको छनौट चरणका खेलहरु मात्र खेल्ने अवसर पाएका थिए ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो टोलीलाई दोस्रो चरणमा पुर्याउन सम्पूर्ण शक्ति लगाइएको बताउनुभएको छ ।
मनाङ र ढाका एकै समूहमा रहेका आइ लिग च्याम्पियन मिनर्वा पञ्जाब र इण्डिन सुपर लिग क्लब चेन्नाई पनि आजै भारतको अहमदाबादमा खेल्दैछन् ।