Prakash Adhikari April 3, 2019

काठमाडौँ,२० चैत्र । सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले चैत्र २२ गते शुक्रबारदेखि देशभरका अस्पतालको बहिरंग सेवा बन्द गर्ने भएका छन् ।

कर्मचारी समायोजनमा चिकित्सक संघको सहमति विपरित काम गरिएको आरोप लगाउदै उनीहरुले बन्दको कार्यक्रम घोषणा गरेका हुन् ।

आफूहरुलाई संघ अन्तगर्त राख्नुपर्ने माग गर्दै आएका सरकारी चिकित्सक संघहरुले सरकारसँग भएको सहमति अनुसार समायोजन नगरिएको गम्भीर आरोप सरकारमाथि लगाएका छन् ।

संघको बुधबार भएको बृहत छलफलबाट चैत्र २२ देखि देशभरका ओपीडी सेवा बन्द गर्ने निर्णय भएको हो ।

संघले देशभरका सरकारी सेवामा कार्यरत चिकित्सकलाई संघ अन्तर्गत राख्नुपर्ने मागसहित गत पुष २२ देखि आन्दोलन सुरु गरेको थियो ।

सरकारसँग पटक–पटक भएको वार्तामा चिकित्सकको माग अनुरुप नै समायोजन हुने आश्वासन दिइएको भएपनि अहिले समायोजन सूची फरक ढंगले आएको भेटिएपछि आन्दोलनको घोषणा भएको हो ।

माग सम्बोधन नभएसम्म शुक्रबारदेखि देशभरको सरकारी स्वास्थ्य संस्थाको ओपीडी सेवा गर्ने निर्णय संघले गरेको छ ।

संघले कर्णाली र सूदुरपश्चिम प्रदेशमा १२ देखी १५ जना चिकित्सकलाई संघ अन्तर्गत राखेको र प्रदेश नम्बर २ तथा ३ मा संघ अन्तर्गत सयभन्दा धेरै चिकित्सक राखेर असमान समायोजन गरिएको भन्दै चिकित्सकहरुले विरोध गरेका छन् ।

Share Now

Leave a comment.