Prakash Adhikari April 3, 2019

सातदोबाटो(ललितपुर),२० चैत्र । एएफसी कप २०१९ अन्तरगत आज भएको नेपाल र बंगलादेशबीचका फुटबल क्लबहरुको खेलमा नेपाल पराजित भएको छ ।

एन्फा फुटबल मैदान सातदोबाटो ललितपुरमा भएको खेलमा बंगलादेशको ढाका अबाहानी क्लबले नेपालको मनाड. मस्र्याड.दीलाई १-० ले पराजित गरेको थियो ।

NA

ढाका अबहानीका लागि उसका मसिह सैघानीले खेलको २७ मिनेटमा पाएको कर्नर बललाई हेडिड.बाट सुन्दर गोलमा परिणत गर्दै टिमलाई अग्रता दिएका थिए ।

यो खेलको जितसंगै ढाकाले ३ अंक पाएको छ भने नेपाल शून्यको स्थितिमा छ ।

नेपालले अब समूहमा रहेको भारतको भारतको चेन्नई फुटबल क्लबसंग अप्रिल १७ मा अहमदाबादमा खेल्नेछ ।

नेपालको समूहमा ढाका अबाहनी, चेन्नई फुटबल क्लबका अतिरिक्त मिनर्बा पञ्जाब पनि रहेका छन् ।

Share Now

Leave a comment.