काठमाडौं, २० चैत्र । निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक अल्टिच्युड एअरले आफ्नो बेडामा नयाँ हेलिकोप्टर थपेको छ ।
एअरबस हेलिकोप्टरबाट निर्मित एएस ३५० बी ३ ई( एच १२५) सेरिजको सो हेलिकोप्टर बुधबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
एअरबस हेलिकोप्टरको दक्षिण पूर्वी एशिया कार्यालय सिंगापुरबाट खरिद गरिएको सो हेलिकोप्टर सिंगापुर, मलेशिया, म्यानमार, बंगलादेशको ढाका हुँदै काठमाडौं ल्याइएको हो ।
तीन बर्ष अगाडिदेखि सञ्चालनमा आएको अल्टिच्यूड एअरले उच्च हिमाली क्षेत्रहरुमा पर्यटक र यात्रुहरुको ओसार पोसार, औषधी ढुवानी, विरामीहरुलाई आपत्कालीन सेवा, प्राकृतिक प्रकोप पीडितहरुको खोजी र उद्धारको काम गर्दै आएको छ ।
अल्टिच्युड एअरले तीर्थ यात्रा, चलचित्र छायांकन,हेली यात्रा, हेलीस्की,चार्टर फ्लाइट, पर्वतीय उडान जस्ता सेवा पनि दिंदै आएको छ ।
नाईन एन एएमएक्स(9N-AMX) संकेत चिन्ह रहेको यो हेलिकोप्टर यसै हप्तादेखि व्यापारिक उडानमा आउने जानकारी अल्टिच्युड एअरले दिएको छ ।
हेलिकोप्टर खरिदको अन्तिम काम सम्पन्न गर्न मार्चको अन्तिम साता अल्टिच्यूड एअरका प्रबन्ध निर्देशक निमा नुरु शेर्पाको नेतृत्वमा प्राविधिकसहितको टोली सिंगापुर गएको थियो ।
अल्टिच्यूड एअर टेष्ट फ्लाइट सिंगापुरमा
सो टोलीले अन्तिम खरिदबिक्री संझौता सम्पन्न गरी हेलिकोप्टरको परीक्षण उडान गरेर गरेको थियो ।
बेडामा अर्को विमान थपिएपछि अझ भरपर्दो र विश्वासिलो सेवा दिन सकिने विश्वास कम्पनीले लिएको छ ।