Prakash Adhikari April 6, 2019

 

चेन्नई(भारत),२३ चैत्र । भारतीय घरेलु लिग अन्तरगतको इण्डियन प्रिमियर लिगको १२ औं संस्करण अन्तरगतको पहिलोच रणको १८ औं खेलमा किंग्स् इलेभेन पञ्जाबलाई चेन्नई सुपर किंग्सले २२ रनले पराजित गरेको छ ।

चेन्नईको घरेलु क्रिकेट मैदान एमए चितम्बरम रंगशालामा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको चेन्नईले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउदै १ सय ६० रनको योगफल तयार पारेको थियो ।

१ सय ६१ रनको लक्ष्य पाएको किंग्स् इलेभेन पञ्जावले जवाफमा निर्धारित २० ओभरमा ५ विकटको क्षतिमा १ सय ३८ रन मात्र जोड्न सक्यो र २२ रनले खेलको नतिजा चेन्नईलाई सुम्पियो ।

CSK 2019 teamको लागि तस्बिर परिणाम

Chennai Super Kings: Shane Watson, Faf du Plessis, Ambati Rayudu, Suresh Raina, Kedar Jadhav, MS Dhoni (capt, wk), Ravindra Jadeja, Scott Kuggeleijn, Deepak Chahar, Harbhajan Singh, Imran Tahir

KIXP 2019 teamको लागि तस्बिर परिणाम

Kings XI Punjab: KL Rahul (wk), Chris Gayle, Mayank Agarwal, Sarfaraz Khan, Mandeep Singh, David Miller, Sam Curran, R Ashwin (capt), M Ashwin, Andrew Tye, Mohammed Shami

चेन्नईका लागि एफ दु प्लेसिसले सर्वाधिक ५४ रन, कप्तान महेन्द्रसिंह धोनीले ३७, सेन वाट्सनले २६, एटी रायडुले २१ र सुरेश रैनाले १७ रन जोडे । चेन्नईलाई १ सय ६० मा रोक्न पञ्जाबका आर आश्विनले ३ विकेट लिए ।

१ सय ६१ रनको लक्ष्य पाएको पञ्जाबका तर्फबाट एसएन खानले ६७ र के एल राहुलले ५५ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । जसमा डीए मिलरले ६ र क्रिस ग्रेलले ५ रन जोडन सके दुवै विदेशी खेलाडीलाई सस्तैमा आउट भए । ग्रेललाई हरभजन सिंहले र मिलरलाई छहारले पेभिलियन फर्काएका थिए । यस अतिरिक्त मन्दीप सिंहले १ रन जोडे । साम करण र एम ए अग्रवालले खाता खोल्न सकेनन् ।

पञ्जाबलाई सस्तैमा रोक्न हरभजन सिंह र स्कट कुग्लिजले समान २ विकेट र डीएल छहारले १ विकेट लिए ।

यो खेलको नतिजासंग चेन्नई सुपर किंग्स् हालसम्म खेलेको छ खेलमा ४ मा विजयी हुँदै ८ अंकको साथ पहिलो स्थानमा पुगेको छ भने पञ्जाव ६ अंक सहित चौथो स्थानमा छ । समान संख्याको खेलमा पञ्जाब ३ जित र २ मा हार ब्यहोरेको छ ।

Indian Premier League

TEAM M W L PT NRR
CSK 5 4 1 8 0.159
SRH 4 3 1 6 1.78
KKR 4 3 1 6 0.534
KXIP 5 3 2 6 -0.094
DC 5 2 3 4 0.029
MI 4 2 2 4 -0.087
RR 4 1 3 2 -0.333
RCB 5 0 5 0 -1.616
आईपीएल अन्तरगत नै शनिवार दोस्रो खेल अहिले सनराइजर्स हैदरावाद र मुम्बई इण्डियनका बीच हैदरावाद क्रिकेट मैदानमा भैरहेको छ ।
Share Now

Leave a comment.