Prakash Adhikari April 6, 2019

दुहबी(सुनसरी),२३ चैत्र। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै क्यामरुनको दाफिन्स फुतबल क्लबले तेस्रो मनमोहन दुहबी गोल्डकपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै दाफिन्सले मोफसलमा पाँचौं उपाधि आफ्नो कब्जामा पारेको हो ।

दुहबी रंगशालामा भएको फाइनल भिडन्तमा दाफिन्सले आर्मीलाई सडेन डेथमा ८–७ ले पराजित गरेको हो ।

बिजेता बनेको दाफिन्सले उपाधिसहित नगद ६ लाख हात पारेको छ भने उपविजेता आर्मीले ३ लाख रुपैया जितेको छ ।

इलेभन एरोज क्लब, दुहबी र मनमोहन मेमोरियल फाउण्डेशनको आयोजनामा गत चैत्र १६ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।

Share Now

Leave a comment.