Prakash Adhikari April 17, 2019

 

दुबाई(युनाइटेड अरब इमिरेट्स),४ बैशाख । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरियता अनुसार नेपाल १४ औं स्थानमा रहेको छ । यसअघि नेपाल १५ औं स्थानमा रहेको थियो । टी ट्वान्टी वरियतामा पनि नेपाल १४ औं स्थान मै रहेको छ ।

गत माघमा संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा घरेलु टोलीविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २ १ को जित निकालेपछि नेपाल आईसीसीको वरियतामा पर्दै आएको छ ।

उक्त सिरिजपछि नेपालले एकदिवसीय खेल खेलेको छैन । तर, अन्य टोलीको प्रदर्शन घटबढ हुँदाको लाभ नेपालले पाएको हो ।

आईसीसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४ औं स्थानको नेपालले १ सय ५२ अंक पाएको छ । नेपाल भन्दामुनि युएई र नेदरल्याण्ड रहेका छन् ।

बरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलिया रहेका छन् ।

Share Now

Leave a comment.