Prakash Adhikari April 21, 2019

काठमाडौं, ७ बैशाख। सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो स्थापनाको १३ औं बर्ष प्रवेशको अवसरमा विभिन्न संस्थाहरुलाई आर्थिक सहयोग गरेको छ ।

आफ्नो वार्षिकोत्सवको अवसरमा शनिवार विभिन्न संस्थाहरुलाई ५ लाख सहयोग गरेको हो ।

बैंकले स्नो याक फाउण्डेशनलाई १ लाख रुपैयाँ, बेबी लाईफ होम कीर्तिपुरलाई २ लाख रुपैयाँ र मानव सेवा आश्रम चितवनलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रैमाससम्ममा ६८ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

आर्थिक बर्षको ९ महिनामा १ अर्ब ४९ करोड १४ लाख रुपैयाँ संचालन मुनाफा कमाउन सफल बैंकले १ अर्व ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश ४ दशमलब शून्य २ र ५ दशमलब ९१ प्रतिशतले वृद्धि भएको छ ।

बार्षिकोत्सवका अवसरमा बैंकले वित्तीय साक्षरता तथा जनचेतना अभिबृद्धि गर्न ब्यानर र प्लेकार्ड सहित प्रभात फेरी सहित विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी मार्गमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा निरन्तर १० वर्ष सेवा गर्ने कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ समेत प्रदान गर्नुभएको थियो ।

बैैंकले ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ इकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्टलगायतका सेवा समेत उपलब्ध गराउँदै आईरहेको छ ।

Share Now

Leave a comment.