Prakash Adhikari April 21, 2019

 

कोलम्बो(श्रीलंका),८ बैशाख(बीबीसी) । श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा सय जनाभन्दा बढीको मृत्यु भएको प्रहरी र अस्पतालस्थित स्रोतहरूले बताएका छन्।

आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए।

सयौँ मानिसहरू प्रार्थना गर्न भेला भएको बेला गिर्जाघरहरूमा विस्फोटन भएको थियो सयौँ मानिसहरू प्रार्थना गर्न भेला भएको बेला गिर्जाघरहरूमा विस्फोटन भएको थियो

अहिलेसम्म कम्तीमा १३७ जनाको मृत्यु भएको र दुई सयभन्दा बढी व्यक्ति घाइते भएको पुष्टि भएको छ ।

बीबीसी संवाददाता अज्जाम अमीनका अनुसार कोलम्बो अस्पतालले कम्तीमा नौ जना विदेशीको मृत्यु भएको जनाएको छ।

घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन्।

उनले फेरि आक्रमण हुन नदिन र ती विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताएका छन्।

विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमामा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदैथिए।

 

श्रीलङ्का

श्रीलङ्काका एक वरिष्ठ पादरीले घटनापछि आइतवार साँझको प्रार्थनाका कार्यक्रम स्थगित गरिएको बताएका छन्।

मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए।

श्रीलङ्का

श्रीलङ्का

अहिलेसमम्म आक्रमणको कसैले जिम्मा लिएको छैन।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले घटनाको निन्दा गर्दै सबैलाई शान्त रहन आग्रह गरेका छन्।

घटनापछि सकारले भोलि र पर्सि सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा ती विस्फोटनहरू भएका हुन्।

प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्व मनाइन्छ।

श्रीलङ्का

श्रीलङ्काश्रीलङ्का

श्रीलङ्का

Share Now

Leave a comment.