काठमाडौं, ८ बैशाख । श्रीलङ्काको राजधानी कोलम्बो र देशका अन्य स्थानमा भएका शृङ्खलाबद्ध आक्रमणको विश्वभरिबाट निन्दा भएको छ।
उक्त घटनाप्रति नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा अन्य दक्षिण एशियाली देशका नेताहरूले गहिरो दु:ख प्रकट गरेका छन्।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ती विस्फोटनमा निर्दोष मानिसहरू मारिएको भन्दै दु:ख व्यक्त गरेका छन्।
उनले आइतवारको घटनालाई “मानवताविरोधी काम” भनेका छन्।
Government of Nepal strongly condemns the acts against humanity. I firmly believe that perpetrators behind these criminal and deadly attacks will be brought to justice at earliest. Nepal condemns terrorism in all its forms and manifestations. We stand by the people of #SriLanka.
— PMO Nepal (@PM_nepal_) April 21, 2019
Government of Nepal strongly condemns the acts against humanity. I firmly believe that perpetrators behind these criminal and deadly attacks will be brought to justice at earliest. Nepal condemns terrorism in all its forms and manifestations. We stand by the people of #SriLanka.
— PMO Nepal (@PM_nepal_) April 21, 2019
उनले ट्विटरमा भनेका छन्, “श्रीलङ्काका सम्माननीय प्रधानमन्त्री रानिल विक्रमसिङ्घे र क्रूरताको सिकार भएका शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्छु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु।”
‘नेपालले आतङ्कवादलाई साथ दिँदैन”
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले “श्रीलङ्कामा धेरै मानिसहरूको ज्यान जानेगरी भएको घटनाबाट आफूलाई गहिरो धक्का लागेको” बताएका छन्।
ट्विटरमार्फत् उनले श्रीलङ्कका सरकार र त्यहाँका जनताप्रति नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेका छन्।
ज्ञवालीले भनेका छन्, “नेपाल जुनसुकै नाममा हुने आतङ्कवादलाई स्पष्टरूपमा निन्दा गर्छ।”
Shocked by the reports of multiple blasts in Sri Lanka this morning resulting in the loss of precious lives.Heartfelt condolences to the families of victims and deepest sympathy to the Government and people of Sri Lanka.Nepal unequivocally condemns terrorism in all its forms.
— Pradeep Gyawali (@PradeepgyawaliK) April 21, 2019
श्रीलङ्कामा गिर्जाघर र होटलहरूमा भएका शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको पुष्टि भएको छ।
इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा ती विस्फोटनहरू भएका हुन्।
प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्व मनाइन्छ।
‘भयानक आतङ्ककारी हमला”
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उक्त घटनाको निन्दा गरेका छन्।
ट्विटरमार्फत् उक्त घटनालाई उनले “भयङ्कर विस्फोट” भनेका छन्।
Strongly condemn the horrific blasts in Sri Lanka. There is no place for such barbarism in our region. India stands in solidarity with the people of Sri Lanka. My thoughts are with the bereaved families and prayers with the injured.
— Narendra Modi (@narendramodi) April 21, 2019
मोदीले भनेका छन्, “हाम्रो क्षेत्रमा त्यस्तो खालको बर्बरताको कुनै स्थान छैन।”
उनले श्रीलङ्काका जनतासँग ऐक्य जनाउन भारत साथमा उभिने उल्लेख गरेका छन्।
पाकिस्ताका प्रधानमन्त्री इमरान खानले पनि घटनाको निन्दा गरेका छन्।
खानले ट्वीट गर्दै त्यस घटनालाई “भयानक आतङ्ककारी हमला” भनेका छन्।
Strongly condemn the horrific terrorist attack in Sri Lanka on Easter Sunday resulting in precious lives lost & hundreds injured. My profound condolences go to our Sri Lankan brethren. Pakistan stands in complete solidarity with Sri Lanka in their hour of grief.
— Imran Khan (@ImranKhanPTI) April 21, 2019
उनले ट्विटरमा लेखेका छन्, “यो दु:खद घडीमा पाकिस्तान पूर्ण रूपमा श्रीलङ्काको साथमा छ।”
उनले इसाई धर्मावलम्बीहरूको पर्व इस्टरमा भएको उक्त घटनाको निन्दा गर्दै “श्रीलङ्काली बन्धुहरूप्रति गहिरो समवेदना” व्यक्त गरेका छन्।
The acts of violence against churches and hotels in Sri Lanka are truly appalling, and my deepest sympathies go out to all of those affected at this tragic time.
We must stand together to make sure that no one should ever have to practise their faith in fear.
— Theresa May (@theresa_may) April 21, 2019
ब्रिटिश प्रधानमन्त्री टरिजा मेले उक्त घटनालाई “डरलाग्दो” भनेकी छिन्।
ट्विटरमार्फत् उक्त घटनाप्रति दु:ख र समवेदना प्रकट गर्दै उनले भनेकी छिन्, “कसैलाई पनि भयका साथ आफ्नो धार्मिक अस्था अभ्यास गर्नुपर्ने अवस्था आउन नदिने कुरा सुनिश्चित गर्नका लागि हामी सबै एकै ठाउँमा उभिनु पर्छ।”
श्रीलंका में हुए आतंकवादी हमले की भारत कड़ी निंदा करता है और श्रीलंका के लोगों तथा सरकार को अपनी संवेदना प्रेषित करता है। निर्दोष लोगों के साथ की गई ऐसी क्रूर हिंसा का, सभ्य समाज में कोई स्थान नहीं है। हम, संकट की इस घड़ी में पूरी दृढ़ता से श्रीलंका के साथ हैं —राष्ट्रपति कोविन्द
— President of India (@rashtrapatibhvn) April 21, 2019
उक्त घटनाको भारतका राष्ट्रपति रामनाथ कोविन्द र विदेशमन्त्री सुस्मा स्वराजले पनि निन्दा गरेका छन्।
138 people have been killed in Sri Lanka, with more that 600 badly injured, in a terrorist attack on churches and hotels. The United States offers heartfelt condolences to the great people of Sri Lanka. We stand ready to help!
— Donald J. Trump (@realDonaldTrump) April 21, 2019
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनाको निन्दा व्यक्त गर्दै सहयोगका लागि आफू तयार रहेको बताएका छन्।
इसाई धर्मगुरु पोप फ्रान्सिनसले सो घटनालाई “क्रूर हिंसा” भनेका छन्।
कसले गरायो विस्फोटन?
अहिलेसम्म ती आक्रमणहरूको जिम्मा कसैले लिएको छैन।
तर श्रीलङ्काका रक्षामन्त्री रुवान विजेवर्दनेले “आतङ्ककारी घटना” भन्दै दोषीहरू चिनिसकिएको बताएका छन्।

उनले घटनाबारे गुप्तचर निकाय, प्रहरी र सेनाले अनुसन्धान गरिरहेको भन्दै देशमा कुनै पनि अतिवादी समूहविरुद्ध कारबाही गर्ने घोषणा पनि गरेका छन्।
“हामी आवश्यक कारबाही गर्छौँ। उनीहरू जुनसुकै धार्मिक अतिवादमा लागेका भए पनि हामी छौड्दैनौँ।”
“यो घटनाका दोषीहरूलाई यथाशीघ्र समातिनेछ। उनीहरूलाई चिनिसकिएको छ।”
श्रीलङ्काको वर्तमान इतिहास
सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कामा केही छिटपुट हिंसाका घटनाहरू हुने गरेका थिए।
त्यहाँको बहुसङ्ख्यक बौद्ध सिन्हला समुदायका मानिसहरूले मस्जिदहरू र मुस्लिमहरूको स्वामित्व रहेका सम्पत्तिमा आक्रमण गर्ने गरेका थिए।
बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा गत वर्ष मार्चमा त्यहाँ राष्ट्रिय सङ्कटकाल घोषणा भएको थियो।
अल्पसङ्ख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो। उक्त गृहयुद्धमा ७० देखि ८० हजार मानिसहरू मारिएको ठानिन्छ।
श्रीलङ्कामा धर्म
श्रीलङ्काको मुख्य धर्म थेरावादी बौद्ध धर्म हो।
पछिल्लो जनगणनाका अनुसार देशमा उक्त धर्म मान्नेहरू ७०.२ प्रतिशत छन्।

बहुसङ्ख्यक सिन्हला समुदायले बौद्ध धर्म मान्छ।
देशको कानुनमा पनि उनीहरूलाई प्राथमिकता दिइएको छ र संविधानमा पनि विशेषाधिकार दिइएको छ।
श्रीलङ्कामा १२.६ प्रतिशत हिन्दू र ९.७ प्रतिशत मुस्लिम जनसङ्ख्या रहेको छ।
सन् २०१२ को जनगणना अनुसार त्यहाँ करिब १५ लाख पसाईहरू रहेका छन्। त्यसमध्ये अधिकांश रोमन क्याथोलिक सम्प्रदायका हुन्।(बीबीसी )


















