न्युयोर्क(संयुक्त राज्य अमेरिका),१७ बैशाख । हिराल्डोकाई अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा बिमला तामाङले रजत पदक जितेकी छिन् ।
१७ औ एशियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक विजेता विमला हालअमेरिकामा बस्छिन् ।
हिराल्डोकाई शोबुकान कराते संघको आयोजनामा क्विन्स काउन्टीको एल्मकोर सेन्टरमा आइतवार भएको च्याम्पियनसिपमा विमला १८ देखि ३५ बर्षसम्मको समुहमा कातातर्फ प्रतिस्पर्धा गरेकी थिइन ।
फाइनलमा विमला अमेरिकाकै डेस्टीनीसँग पराजित भइन । डेस्टीनी अमेरिकका राष्ट्रिय च्याम्पियन तथा पान अमेरिकन च्याम्पियनसीपको अनुभवी खेलाडी हुन् ।
विनिताले आइएमए निहोन कराते डो यु एस एबाट च्याम्पियनसिपमा भाग लिएकी थिइन । यो स्कूल नेपाली सिहान शान्त थोकरको हो ।
न्युयोर्कमा नेपालीको तर्फबाट पहिलो कराते स्कूल स्थापनाको श्रेय पाएका थोकरले अहिले आइएमए निहोन कराते डो यु एस ए सन्चालन गरिरहेका छन् ।
१२ जना खेलाडीले भाग लिएकोमा एकजना बाहेक अरुले पदक जितेका छन् ।
खेलमा विभिन्न समूहमा ३ स्वर्ण, ४ रजत र ४ कास्य गरि ११ पदक वितरण भएका थियो ।