Prakash Adhikari June 30, 2019

 

लण्डन(संयुक्त अधिराज्य), आषाढ १५ गते । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई पराजित गरेको छ।

लर्ड्समा शनिबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गर्यो।

इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५७ रनमा समेटियो। न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन बनाएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै रोस टेलरले ३० रन जोड्दा मार्टिन गुप्तिलले २० रन बनाए।

न्युजिल्याण्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्कले ५ र जासन पाउलले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको थियो। अष्ट्रेलियाका लागि उस्मान ख्वाजा र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेले। ख्वाजाले ८८ रनको योगदान दिए। केरीले ७१ रन बनाए। यस्तै पाट कुमिन्सले अविजित २३, मार्कूस स्टोनिसले २१ तथा डेभिड वार्नरले १६ रन बनाए।

न्युजिल्याण्डका ट्रेन्ड बोल्टले ह्याट्रिक विकेटसहित ४ विकेट लिए। बोल्टले अन्तिम ओभरको तेस्रो बलमा ख्वाजा, चौंथोमा मिचेल स्टार्क र पाँचौं बलमा जासन पाउललाई आउट गर्दै ह्याट्रिक पूरा गरे।

World Cup

TEAM M W L PT NRR
AUS 8 7 1 14 1
INDIA 6 5 0 11 1.16
NZ 8 5 2 11 0.572
PAK 8 4 3 9 -0.792
ENG 7 4 3 8 1.051
BDESH 7 3 3 7 -0.133
SL 7 2 3 6 -1.186
SA 8 2 5 5 -0.08
WI 7 1 5 3 -0.32
AFG 8 0 8 0 -1.418

जितसँगै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ। यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाले ८ खेलबाट १४ अंक जोडेको छ।

 

Share Now

Leave a comment.