काठमाडौं, २६ आषाढ । मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजनमा च्याम्पियन बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।
नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले त्रिभुवन विमानस्थलमा हार्दिक स्वागत गरेका थिए ।
एसीसी यू–१९ एसिया कप आगामी महिना श्रीलंकामा हुँदैछ । जसमा एसियाका दक्षिण एशियाका भारत,पाकिस्तान,अफगानिस्तान, बंगलादेश र श्रीलंकासहित युएई र कुवेत पनि सहभागी हुनेछन् ।
यु १९ इस्टर्न रिजन च्याम्पियन टीमका कप्तान रोहित कुमार पौडेल र पवनसर्राफ भने सिनियर टिमसँग मलेसियामै बसेका छन।
आगामी बर्ष अष्टेलियामा हुने २० विश्वकप खेलको छनौटका लागि सिंगापुरतर्फ प्रस्थान गरेको नेपालको राष्टिय टीमले सिंगापुरको छनौट खेलपूर्व मलेसियासँग दुई वटा टी–२० खेल खेल्दैछ ।
रोहित र पवन सिनियर टिममा पनि छन् ।


















