काठमाडौं,१९ फागुन ।प्रधानमन्त्री केपी शर्मा ओली शनिवबार राति सिल्क एअरबाट सिंगापुर प्रस्थान गर्नुभएको छ । दुवै मृगौला प्रत्यारोपण भएको झण्डै १२ बर्ष भएकोले उहाँको भ्रमणलाई नियमित स्वास्थ्य परीक्षणको जामा पहिर्याए पनि उहाँको साथ सिंगापुर प्रस्थान गर्ने सहयोगीको सूचीले उहाँको भ्रमणमा राजनीतिक भेटघाट हुने अनुमान गर्नेलाई बल मिलेको छ । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहनुभएको छ ।
बिरामी प्रधानमन्त्रीको स्याहार सुसारको लागि श्रीमति, निजी चिकित्सक,सुसारे र निजी सहयोगी चाहिने भएपनि यसपटक प्रधानमन्त्रीले बालुवाटारमा सबैभन्दा बढी शक्तिशाली भनिएका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पनि संगै लग्नुभएको छ ।
स्वास्थ्योपचारमा राजनीतिक सल्लाहकारको कुनै आवश्यकता परछ ? बरु स्थिति जटिल भए परिवारका अन्य सदस्यहरुको खाँचो पर्न सक्छ । मृगौला पुन प्रतिस्थापन गर्नुपर्ने भए अर्को दाताको खाँचो पर्ला ? त्यसैले प्रधानमन्त्रीको स्वास्थ्योपचार सहित राजनीतिक उपचारको पनि खोजी गर्ने प्रयत्नको रुपमा सिंगापुर भ्रमणलाई लिइएको छ । प्रधानमन्त्रीको सिंगापुर भ्रमण त्यतिबेला भएको छ,जुन समय नेपालमा भारतको सत्तारुढ दलका विदेश विभाग प्रमुख विजय चौथाईवाला भेटघाटमा सक्रिय रहनुभएको छ ।
प्रधानमन्त्री ओलीको नियमित तथा अनुगमन स्वास्थ्य परीक्षण पनि गजबको छ । उहाँको मृगौलाको प्रत्यारोपण भारतमा भएको थियो । सामान्यत ः जहाँ जटिल प्रकारको उपचार गरिएको छ, स्वास्थ्योपचारको नियमित अनुगमन उपचार त्यही गरिन्छ तर उहाँ कहिले सिंगापुर पुग्नुहुन्छ । कहिले बैंककमा हुन्छ ।यसपटक उहाँको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण शुरु हुने बताइएको छ। उहाँ एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार ,गर्ने कार्यक्रम रहेको छ। उहाँ स्वास्थ्य परीक्षण गरेर साउन २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिइएको छ।
प्रफुल्ल प्रचण्ड !
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पूरा गरी शनिवार राति स्वदेश फर्कनुभएको छ। उहाँ परिवारका सदस्यहरुसहित साउन १४ गते मंगलवार दुबई भ्रमणमा निस्कनुभएको थियो । पत्नी सीताले लामो समयदेखि दुबई घुम्न जाने इच्छा राखेका कारण दुबई भ्रमण भएको बताउनुहुने प्रचण्ड दुबईबाट फर्कदा एअरपोर्टमा निकै प्रसन्न मुद्रामा देखिनुहुन्छ । जबकी उहाँकी पत्नी सीतालाई एअरपोर्टमा उहाँका साथ सोफामा समेत नराखी ह्विल चियरमा राखेर बाहिर निकालिदै छ । एअरपोर्र्टमा उपस्थिति नेकपाका मन्त्री तथा कार्यकर्ताको आँखा सहानुभूतिपूर्वक उहाँकी विरामी पत्नितिर तेर्सिनु पर्ने हो तर त्यसो नभएर उहाँकी राजनीतिक उत्तराधिकारी भरतपुरु महानगरपालिकाकी मेयर रेणदाहालतिर सोझिएका छन् ।
अध्यक्ष दाहालको सचिवालयले प्रचण्डकी धर्मपत्नीको मन बहलाउन उहाँकै इच्छा अनुसार दुबाई भ्रमण गरिएको दाबी गरेपनि प्रचण्डको हाउ भाउ कटाक्षले अर्कै कुरा अभिव्यक्ति दिइरहेको छ । भारतको गुप्तचर संस्थाका प्रमुखसंग राजधानीमा भएको भेट र त्यस लगत्तै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाको नेपाल भ्रमणको अवसर पारेर भएको दुवाई भ्रमण राजनीतिक उद्देश्यबिहिन भएको पत्याउन सकिने खालको छैन् । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा अध्यक्ष दाहालले सरकार र पार्टीको बारेमा दिन सक्ने अभिब्यक्तिले यसको रहस्य खोल्ने विश्वास गरिएको छ ।




















