Prakash Adhikari August 5, 2019

 

काठमाडौं,१९ साउन । धितोपत्रको कारोबार गर्ने,गराउने र भैरहेका सूचीकृत संगठित संस्थाहरुले अब धितोपत्र बोर्डले उपलब्ध गराएको ढाँचामा वार्षिक अनुपालना प्रतिवेदन तयार गरी पेश गर्नुपर्ने भएको छ ।

बोर्डले संस्थाको कामकारबाहीलाई नियमित तथा व्यवस्थित गरी सेयरधनी लगायत सरोकारवालाहरुप्रति उत्तरदायी बनाई संस्थागत सुशासन प्रवद्र्धन गर्नका लागि यस्तो प्रावधान ल्याएको हो । बोर्डले आर्थिक सहयोग तथा विकास संस्था(ओइसिडी)को संस्थागत सुशासनसँगसम्बन्धी मुख्य सिद्धान्त तथा संस्थागत सुशासनसम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत दृष्टिगत गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ बनाई २०७५ साउन १ गतेदेखि नै लागू गरिसकेको छ ।

सूचीकृत सङ्गठित संंस्थाहरूको परिपालना अधिकृतले सो निर्देशिकामा भएको व्यवस्थाहरुको पालनाका सम्बन्धमा प्रतिवेदन तयार गरी बोर्डमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

सो प्रतिवेदनको ढाँचामा एकरुपता ल्याउन बोर्डले संस्थागत सुशासनसम्बन्धी वार्षिक अनुपालना प्रतिवेदनको ढाँचा स्वीकृत गरी आ.ब. २०७५।७६ देखिको बार्षिक प्रतिवेदनमा लागू गर्ने निर्णय गरेको हो ।

उक्त प्रतिवेदनमा मुख्यतया सञ्चालक समिति, सञ्चालकको आचरण तथा अन्य विवरण, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली, सूचना तथा जानकारी प्रवाह, संस्थागत संरचना र कर्मचारी, संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धमा विवरण तयार गरी बोर्डमा पेश गर्नुपर्ने उल्लेख छ ।

बोर्डले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार यस्तो प्रतिवेदनमा निम्न विषय संलग्न हुनुपर्नेछ :

१) सञ्चालक समितिसम्बन्धी विवरण

  • संचालक समितिको अध्यक्ष र संचालकहरुको नामतथा ठेगाना, लिएको शेयर संख्या, नियुक्तभएको मिति, प्रतिनिधित्वभएको समूसम्बन्धी विवरण,
  • संस्थाकोे शेयर संरचना (संस्थापक, सर्वसाधारण तथा अन्य)सम्बन्धी विवरण,
  • सञ्चालक समितिको बैठकमा सञ्चालक वा वैकल्पिक सञ्चालक उपस्थित भए/नभएको, सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राखे/नराखेको, सञ्चालक समितिको दुई लगातार बसेको वैठकको अधिकतम अन्तर, संचालक समितिको बैंठक भत्ता तथा खर्चसम्बन्धी विवरणसहित सञ्चालक समितिको बैठक संचालसम्बन्धी विवरण ।

२) सञ्चालकको आचरणसम्बन्धी तथा अन्य विवरण

  • सञ्चालकको आचरण सम्बन्धमा सम्बन्धित संस्थाको आचार संहिता भए/नभएको,
  • एकाघर परिवारको एकभन्दा बढी सञ्चालक भए सोसम्बन्धी विवरण तथा संचालकहरुको आचरणसम्बन्धी अन्य विवरण,
  • प्रत्येक सञ्चालकले आफू सञ्चालकको पदमा नियुक्त वा
    मनोनयनभएको १५दिनभित्र संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको भए सोको विवरण, निजवानिजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेन्चरसम्बन्धी विवरण, निज अन्य कुनै सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा सञ्चालक रहेको भए सो विवरण,
  • निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहको भए सो विवरणको लिखित जानकारी गराएको नगराएको र नगराएको भए सोको विवरण ।

३) संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीसम्बन्धी विवरण

  • जोखिम व्यवस्थापनको लागिकुनै समिति गठन भए÷नभएको, गठन नभएको भए सोको कारण, जोखिम व्यवस्थापन
    समितिको संरचना तथा कार्यसम्बन्धी विवरण,
  • आन्तरिक नियन्त्रण कार्यविधि भए नभएको, आन्तरिक नियन्त्रण प्रणालीको लागि कुनै समिति गठन भए/नभएको, गठन नभएको भए सोको कारण,
  • आन्तरिक नियन्त्रण प्रणाली समितिको संरचना, समितिको बैठक संख्या तथा समितिको कार्यसम्बन्धी छोटो विवरण ।

४) सूचना तथा जानकारी प्रवाहसम्बन्धी विवरण

  • बार्षिक तथा विशेष साधारण सभाको सूचना, बार्षिक तथा त्रैमासिक प्रतिवेदनमार्फत सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण,
  • धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचना प्रवाहसम्बन्धी विवरण,
  • पछिल्लो बार्षिक तथा विशेष साधारण सभाको विवरण ।

५) संस्थागत संरचना र कर्मचारीसम्बन्धी विवरण

  • कर्मचारीहरुको संरचना, पदपूर्ति, वृत्ति विकास, तालिम, तलव, भत्ता तथा अन्य सुविधा, हाजिर र बिदा, आचार संहिता लगायतका कुराहरु समेटिएको कर्मचारी सेवा शर्त विनियमावली व्यवस्था भए नभएकसम्बन्धी विवरण,
  • संरचना अनुसार कर्मचारी पदपूर्ति गर्ने गरिएको नगरिएको, नयाँ कर्मचारीहरुको पदपूर्ति गर्दा अपनाएको प्रकृया, कर्मचारीहरुको सक्सेसन प्लान भए नभएको,
  • कर्मचारीहरुलाई दिइएको तालिम संख्या तथा सम्मिलित कर्मचारीको संख्या लगायतको विवरण ।

६) संस्थाको लेखातथा लेखापरीक्षणसम्बन्धी विवरण

  • संस्थाको पछिल्लो आ.ब. को वित्तिय विवरण NFRS अनुसार तयार गरे/नगरेको, नगरेको भए सोको कारण,
  • संचालक समितिमा वित्तीय विवरण पेश भएको मिति तथा वित्तीय विवरण प्रकाशन गरेको मिति,
  • आन्तरिक तथा बाह्य लेखापरीक्षणसम्बन्धी विवरण र लेखापरीक्षण समितिको बैठक सम्बन्धी विवरण ।
  • साथै, संस्थाले सञ्चालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैङ्क तथा बित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम लिए/नलिएको,
  • सूचिकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोगचलन गरे नगरेको,
  • नियमकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेको शर्तहरुको पालना भए नभएको,
  • नियमकारी निकायले संस्थाको नियमननिरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशन पालना भए नभएको,
  • संस्था वा संचालक विरुद्ध अदालतमा कुनै मुद्दा चलिरहेको भए ससम्बन्धी विवरण लगायतका विवरणहरु पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ बमोजिम तयार गरिने यो प्रतिवेदन सूचीकृत सङ्गठित सस्ंथाहरूको परिपालनाअधिकृतले तयार गरी सञ्चालक समितिबाट स्वीकृत गराई लेखापरीक्षकबाट प्रमाणित गराई नेपालधितोपत्रबोर्डमा लेखापरीक्षण प्रतिवेदनसँग पेश गनुपर्ने छ ।

Share Now

Leave a comment.