Prakash Adhikari August 23, 2019

 

काठमाडौं, ६ भाद्र । नेपाल प्रहरीले एकैपटक ३ हजार ८ सय ३१ जना कर्मचारी माग गरेको छ ।

नेपाल प्रहरीले शुक्रबार एक सूचना सार्वजनिक गर्दै ३ हजार ५ सय ९६ प्रहरी जवान र २ सय ३५ कार्यालय सहयोगी माग गरेको हो । कार्यालय सहयोगीमा १८० जना भान्छे, १० जना हजाम, २० जना कुचिकार र २५ जना खेलाडी आवश्यक भएको जानकारी गराएको हो ।
नेपाल प्रहरीले प्रहरी जवानमा खुलातर्फ १ हजार ९ सय ३८ र आरक्षण र समावेशीमा १ हजार ६ सय ५६ जना माग गरेको छ ।

अन्य सहायकमा खुलातर्फ १ सय २८ जनाको माग गरेको हो । बाँकी पदहरु आरक्षण र समावेशीलाई छुट्टयाइएको छ । जसअन्तर्गत भान्छेमा खुलातर्फ ९७ र बाँकी ८३ जना आरक्षित र समावेशी कोटाका लागि छुट्याइएको छ । हजामतर्फ ६ खुला र बाँकी ४ समावेशीका लागि कोटा निर्धारण गरिएको छ । कुचिकारतर्फ ११ खुला र ९ समावेशी तथा खेलाडीतर्फ १३ खुला र १२ समावेशी कोटा निर्धारण गरिएको छ ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् :  नेपाल प्रहरीमा आवश्यकता

खेलाडीतर्फ फुटबल (महिला -पुरुष), भलिबल (महिला- पुरुष), टेबुलटेनिस, कराँते, तेक्वान्दो (डब्लूटीएफ), जुडा, पुरुष क्रिकेट, (भारोत्तोलन) विधातर्फका खेलाडीहरुले मात्र दरखास्त दर्ता गर्न पाउने छन् ।

Nepal Police Trainingको लागि तस्बिर परिणाम

प्रतिस्पर्धीले भदौ ९ गतेदेखि असोज १३ गतेसम्म दरखास्त फाराम दर्ता गराउन सक्नेछन् । प्रहरी जवानतर्फ उमेरको हद १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको र बहालवालाको हकमा २५ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै प्रहरी कार्यालय सहयोगीका हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यसैगरी शैक्षिक योग्यताको हकमा प्रहरी जवानका लागि कम्तीमा ८ कक्षा उत्तीर्ण र प्रहरी कार्यालय सहयोगका लागि साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ ।

नेपाल प्रहरीले निम्न स्थानमा दरखास्त फाराम पाउने र बुझाउन सकिने जनाएको छ ः

१। महानगरीय प्रहरी परिसर, काठमाण्डौ

२। महानगरीय प्रहरी परिसर, भक्तपुर

३। महानगरीय प्रहरी परिसर, ललितपुर

४। १ नं. प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर

५। २ नं. प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (हाल राजविराज सप्तरी)

६। ३ नं. प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुली

७। गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा

८। ५ नं. प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल

९। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत (हाल नेपालगञ्ज्)

१०। सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल

११। जिल्ला प्रहरी कार्यालय (सबै ७७ वटा)

१२। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज

Share Now

Leave a comment.