Prakash Adhikari August 23, 2019

सुर्खेत, ६ भाद्र । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिष्टहरुलाई सिध्याउने उपयुत्तः मौका आएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय महाधिवेशन तथा महासमिति सदस्यहरुको प्रशिक्षण कार्यक्रमको समापन शत्रलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

दुई तिहाईको कम्युनिष्ट सरकारका कारण मुलुक खतराको मोडमा पुगेको उल्लेख गर्दै उहाँले भन्नुभयो, सरकारसंग जनता निराश छन् । कम्युनिष्टहरु सिध्याउने यो उपयुक्त मौका हो । अब तयारी थाल्नुपर्दछ ।

उहाँले कांग्रेसले लोकतन्त्रको विरुद्धमा रहेको निरड.कुश ‘राणा शासन, पञ्चायती व्यवस्था र राजा फाल्यो अव कम्युनिष्ट फाल्नुपर्छ भन्नुभयो । वर्तमान सरकारले राज्यका सबै अंग आफ्नो हातमा लिएर कम्युनिष्ट ‘स्टेट’ बनाउन खोजेको आरोप लगाउदै उहाँले यही मौकामा कांग्रेसले मुलुकको नेतृत्व गर्ने गरी चनाखो हुनुपर्ने बताउनुुभयो।

सभापति देउवाले संसदमा विभिन्न विवादास्पद विधेयक पेश गरेर सरकारले मानव अधिकार कुण्ठित गर्दै सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउदै भन्नुभयो, प्रेसलाई अंकुश लगाएर स्वतन्त्र मिडियालाई कब्जामा लिन खोजेको र नागरिकका बोल्न पाउने अधिकारमा हस्तक्षेप गर्न खोजिएको छ ।

उहाँले ‘पूर्व माओवादी र एमाले दुई विचारधाराका पार्टी एक भएको उल्लेख गर्दै एउटै पार्टीमा गुट सिर्जना गरेर पार्टी कमजोर बनाएको आरोप पनि उहाँले लगाउनुभयो ।

उहाँले ‘निर्वाचनमा असहयोग गर्ने सबैलाई एक एक गरी कारवाही गरेरै छोड्ने बताउनुभयो । सभापति देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी हुने गरी अहिले नै जनताको घर दैलोमा पुग्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो।

कार्यक्रममापार्टी उपसभापति एवम् नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सभापति विमलेन्द्र निधिले वर्तमान सरकारले विधि पद्धति मिचेको बताउदैै भन्नुभयो, सरकार सिंहदरवार होइन, सिंगापुरबाट सरकार चलाउन खोजिएको छ ।

उहाँले सरकारले संविधानलाई कुल्चेर विभिन्न क्रियाकलाप गरेको आरोप लगाउनुभयो। ‘प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गर्दै सिंगापुरबाटै मन्त्रीपरिषद् बैठक र सरकार चलाउन खोज्नु संविधान विपरित भएको बताउनुभयो ।

कार्यक्रमा महामन्त्री द्धय शशांक कोइराला र पूर्णबहादुर खड्काले पार्टीले चुनाव हारे पनि बिचार र एजेण्डा नहारेकोले आगामी निर्वाचनमा जित्ने गरी काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको थियो।

दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका महाधिवेशन र महासमितिका सदस्यहरूको सहभागिता थियो।

Share Now

Leave a comment.