Prakash Adhikari August 28, 2019

काठमाडौं, ११ भाद्र । एशियाका अवैतनिक बाणिज्यदूतहरुको सम्मेलन काठमाडौंमा हुने भएको छ ।

नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था(डिप्लोमेटिक कर्पस् एशोसिएसन अफ नेपाल,डीन)का निवर्तमान अध्यक्ष एवम् नेपालका लागि बेल्जियमका बाणिज्यदूत पर्यटन व्यवसायी आड. छिरिड. शेर्पाले आगामी नोभेम्बर १२ देखि १५ सम्म सम्मेलन नेपालमा आयोजना हुने जानकारी दिनुभएको हो ।

डीनका निवर्तमान अध्यक्ष शेर्पाले दिनुभएको जानकारी अनुसार सो बैठकको तयारी गरिरहेको श्रीलंकाले निर्धारित मितिको दुई महिना पूर्व आफूले सो सम्मेलन गर्न नसक्ने जानकारी गराएपछि नेपालले यो सौभाग्य पाएको हो ।

पर्यटन व्यवसायी समेत रहनुभएका शेर्पाका अनुसार यो सम्मेलनका लागि नेपालले पहिल्यै रुचि देखाएको हो । तर नेपालले आफ्नो इच्छा जाहेर गर्नुपहिले नै श्रीलंकाले सो प्रस्ताव राखेकोले श्रीलंकाको राजधानीमा सो सम्मेलन हुने तय भएको थियो ।

एशियाका सबै मुलुकमा कार्यरत बाणिज्यदूतहरुको भेला हुने महत्वपूर्ण अवसरको रुपमा लिइने सो सम्मेलन आयोना गर्न श्रीलंकाले सुरक्षाको कारण असमर्थता जनाएको बुझिएको छ । यसै बर्षको २१ अप्रिलको इस्टर सन डेको अवसरमा क्रिश्चियनहरु अधिक भेला हुने श्रीलंकाका चर्च र होटलहरुमा श्रृखलाबद्ध आक्रमण गरी पयर्टकसहित थुप्रै नागरिकको हताहत भएपछि श्रीलंका सुरक्षाको अवस्था पूर्ववत रहेको छैन् ।

वाणिज्य दूतहरुको यो सम्मेलनमा बाणिज्यदूतहरुको विश्वसंगठनका नेताहरुसंगै क्षेत्रीय संगठनहरुका पदाधिकारी र सदस्यहरुको पनि उपस्थिति रहने भएकोले विशेष संवेदनशील पनि मानिन्छ ।

निवर्तमान अध्यक्ष आड. छिरिड.ले चाहादाचाहादै आयोजना गर्न पछि पर्नुपरेको यो सम्मेलन आयोजना गर्ने सौभाग्य डीनको अध्यक्षमा प्रदीपकुमार श्रेष्ठ चयन हुनासाथ नेपालले पाएको छ ।

Share Now

Leave a comment.