Prakash Adhikari September 3, 2019

 

काठमाडौं, १७ भाद्र । मंगलबार नेप्से परिसूचकमा २०.५७ अंक बढीको बढोत्तरी आएको छ भने कारोबार रकम समेत ५१ करोड बढी भएको छ ।

मंगलबार शेयर बजार परिसूचक ११९०.९० बिन्दुमा उक्लिदाँ कारोबारमा आएका १ सय ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने १५ कम्पनीको मात्र शेयरमूल्य घटेको छ।
१५ कम्पनीको सेयर अघिल्लो कारोबार दिनको मूल्यअनुरुप यथावत रहेको छ ।

मंगलबार नेप्सेमा १ सय ७१ वटा कम्पनीको २१ लाख ८४ हजार २ सय ७१ कित्ता शेयरको ५१ करोड ५ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ।
सोमबार ४० करोड ७५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो।

मंगलबार नेपाल बंगालादेश बैंकको संस्थापक शेयर सबैभन्दा धेरै ५ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने नेपाल बैंकको पनि ३ करोड २९ लाखको शेयर खरिद बिक्री भएका छन्।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको २ करोड बढीको शेयर कारोबार भएको छ भने सानिमा, कृषि विकास बैंक, मेगा संस्थापक, कुमारी र प्रभु बैंक तथा शिबम् सिमेन्टसको एक एक करोड बढीको सेयर कारोबार भएको छ।

शीर्ष कारोबार भएका दश कम्पनीमा आठ वाणिज्य बैंक छन्।

कारोबारमा आएका ११ वटा उपसमुहका सूचकमध्ये अन्य र म्युचुअल फण्डको सूचक नकारात्मक देखिएका छन् भने बाँकी ९ वटै सूचकमा हरियाली छाएको छ ।

यस दिन जीवन बीमा, निर्जीवन बीमा, जलविद्युत, र लघुवित्तको सूचक २ प्रतिशत बढीले बृद्धि भएको छ ।

यस दिन युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९.४६ प्रतिशत बढेर ८१ रुपैयाँमा पुगेको छ । कम्पनीमा नयाँ व्यवस्थापन आउनु र गत आवको वित्तीय विवरणमा सुधारिएको वित्तीय अवस्थाले आईपीओभन्दा २० रुपैयाँ तल शेयरमूल्यमा शेयर उठाउने बढ्दा कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै बढेको हो।

यस्तै सूर्या लाईफ र महिला सहयात्रा लघुवित्तको शेयरमूल्य ८ प्रतिशत धेरैले बढेको मंगलबारको बजारमा एशियन लाईफ, आधिँखोला लघुव्त्ति, लुम्बिनी जनरल, सिद्धार्थ इन्स्योरेन्स, नेशनल लाईफ, युनाईटेड इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशत धेरैले उकालो लागेको छ ।

Share Now

Leave a comment.