Prakash Adhikari November 12, 2019

हरियाना(भारत), २५ कार्तिक । भारतको हरियानामा सोमवारदेखि सुरु भएको अन्डर १९ च्यालेन्जर्स ट्रफी अन्तर्गतको पहिलो खेलमा नेपाली अन्डर १९ टिमले फितलो प्रदर्शन गरेको छ । भारतको अन्डर १९ ‘सी’ टिमसंग भएको खेलमा नेपाल १० विकेटले पराजित भएको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नेपाल निर्धारित ५० ओभरको खेलमा ३२।१ ओभरमा १ सय १६ रनमा अलआउट हुन पुग्यो ।
जवाफमा १ सय १७ रनको लक्ष्य पाएको भारत यु१९ ‘सी’ ले कुनै पनि विकेट नगुमाई २१.१ ओभरमै खेलको नतिजा आफ्नो पक्षमा ल्यायो ।

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल नोभेम्बर १३ मा भारत रातोसंग तथा तेश्रो खेल भारत निलोसंग १५ नोभेम्बरमा खेलिनेछ।
सबै ४ टिमले एक अर्का बिरुद्ध खेलिसकेपछि अंकतालिकामा उत्कृष्ट दुई टिमले फाइनल खेल्नेछन् भने तेश्रो र चौथो टिमबीच तेश्रो स्थानको लागि खेल हुनेछ।

भारतीय टिमका ओपनर दिभ्यांश सक्नेना र अर्जुन आजादले पहिलो विकेटको लागि अविजित १सय २० रनको साझेदारी गरेका थिए। दिभ्यांशले ६० बलमा ५ चौका मदतले ५२ तथा आजदले ६७ बलमा ९ चौका र १ छक्का मदतले ६७ रन बनाए।

नेपालले ६ जना बलर खेलाउदा पनि कुनै विकेट गिराउन सकेन ।

टस जितेको नेपालले राम्रो सुरुवात गर्न सकेन । कप्तान रित गौतम ५ रनमा आउट भए । लोकेस बम र खडक बोहरा समान १० रन बनाएर आउट भए। अरुन १३ रन बनाएर आउट भए । कुशल मल्ल पनि २६ रन बनाएर आउट भए भने हरि बहादुर चौहानले पनि ७ रन मात्र बनाउन सके। एक किनार सम्हालेर ब्याटिंग गरिरहेका शेर मल्ल १४ तथा प्रतिस जिसी ११ रन बनाएर आउट भए।

नेपालले ३२.१ ओभरमा १ सय १६ रनमा सबै विकेट गुमाउन पुग्यो।

भारत यु १९ ‘सी’ को बलिङ्गमा चिन्तला रक्षन रेड्डी, विद्याधर पाटिल, समर्थ हेग्ड़े, मुज्ताबा युसुफ र रभी रोशन सिंहले २ । २ विकेट लिए।

Share Now

Leave a comment.