Prakash Adhikari November 21, 2019

काठमाडौं,५मंसिर । श्रीलंकामा १० वर्षसम्म राष्ट्रपतिको रुपमा राज गरेका महिन्द्रा राजपक्षे फेरि एकपटक सत्तामा आएका छन् । तर, यो पटक उनी प्रधानमन्त्रीको रुपमा सत्तामा आएका हुन् ।

बीबीसीका अनुसार श्रीलंकाका राष्ट्रपति गोटाभाया राजपक्षेले आफ्ना दाई तथा पूर्व राष्ट्रपति महिन्द्रा राजपक्षेलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका छन् ।

श्रीलंकामा आगामी जनवरीमा संसदीय चुनाव हुँदैछ ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिएसँगै बुधबार गोटभायाले ७४ वर्षीय दाई महिन्दालाई प्रधानमन्त्री नियुक्त गरेका बीबीसीले उल्लेख गरेको छ । महिन्द्रा राजापाक्षेले बिहीबार ७० वर्षका भाइ गोटभायासँग पद तथा गोपनियताको सपथ लिने छन्।

महिन्द्रा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति थिए। गोटभायालाई उनले रक्षामन्त्री बनाएका थिए। यी दुई दाजुभाइले सन् २००९मा २५ वर्ष लामो तमिल विद्रोह दबाएका थिए।

त्यही बेला बनाएको छविले गोटभायाले गत शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा प्रतिष्पर्धी उम्मेद्वार सतिस प्रेमदासालाई हराएका थिए

Share Now

Leave a comment.